नलगाड भित्रका विद्यालयमा सिकाई आदानप्रदान


जाजरकोट ः नलगाड नगरपालिकाको शिक्षा शाखाले नगरपालिका भित्रका विद्यालयमा सिकाई आदान प्रदानको काम सुरु गरेको छ ।

पालिका भित्रका विद्यालयमा एकले अर्काको विद्यालयमा सिकाई प्रदान प्रदानका लागि जाँदा नयाँ अभ्यासको जानकारी हुने भएकाले यो कामको थालनी गरिएको शिक्षा शाखाका मणिराम पोखरेलले जानकारी दिनुभयो । बिहीबार नलगाड ६ को कालिका आधारभुत विद्यालय गर्छनामा नलगाडका ८ का १० जना प्रधानाध्यापक तथा जनप्रतिनिधिहरुलाई लिएर सिकाई आदान प्रदान तथा स्थानीयबासीसँग छलफल भएको थियो ।

त्यस्तै यो क्रम जारी रहेको छ । अन्य विद्यालय तथा वडाहरुमा समेत यसरी नै सिकाई आदान प्रदानको काम हुने उहाँले जानकारी दिनुभयो । तत्कालिन उपसचिव मानबहादुर गिरी हुँदा यो कार्यक्रमको सुरुवात गरिएको थियो । प्रअ सम्मेलन देखि अन्य कामहरु हुँदै आएका छन् । शिक्षकलाई प्राविद्यिमैत्री बनाउनका लागि समेत तालिम दिइदै आएको पालिकाका उपप्रमुख देवका छामिछानेले जानकारी दिनुभयो ।

समय अनुकूल विद्यालय मर्ज तथा दरबन्दी मिलानको काम समेत सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।





error: Content is protected !!