तोकिएको समय भन्दा आठ महिना अगाडी पुल निर्माण

सुर्खेत / देशैभरी अलपत्र योजनाको संख्य बढीरहेको समयमा कर्णालीको दैलेखमा भने सम्झौताको अन्तिम मिति भन्दा भन्दा आठ महिना अगाडी पुल निर्माण भएको छ ।
महाबु गाउँपालिकाको तारागाढ खोलामा निर्माण भएको मोटरेवल पुल अन्तिम मिति भन्दा आठ महिना अगाडी निर्माण कार्य पुरा भएको पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख प्रविण कार्कीले जानकारी दिनुभयो । पुलको २०८३ असार १५ गतेभित्र निर्माण कार्य पुरा गर्ने सम्झौता मिति रहेको थियो । २०८१ वैशाख १७ गते आरबी कन्स्ट्रक्सनले पुल निर्माण गर्न कार्यालयसँग सम्झौता गरेको कार्कीले बताउनुभयो । पुल निर्माण गर्न कम्पनीसँग ३ करोड ६२ लाख ७६ हजार ४ सय ६३ रुपैयाँ ७९ पैसामा पुल निर्माणको सम्झौता भएको छ ।
त्यस्तै अन्य दुई पुल समेत निर्धारित समय भन्दा अगाडी नै निर्माण कार्य पुरा गर्ने उदेश्यका साथ काम भइरहेको उहाँले जानकारी दिनुभयो । आठबीस नगरपालिकाको चिनियाथापा खोला र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको मछेईना पुल समेत निर्धारित समय भन्दा अगाडी निर्माण कार्य पुरा भएको छ । काम नगर्ने तर ठेक्का मात्र लिने निर्माण व्यवसायीलाई ठुलो सवक भएको कार्यालय प्रमुख कार्कीले बताउनुभयो । दैलेखमा निर्माणको काममा कत्तै पनि समस्या नदेखिएको उहाँको भनाई रहेको छ ।









