सुर्खेतको व्यूरेनीमा भएको दुर्घटनामा १७ जना घाइते

सुर्खेत ,१२ असोज ः आइतबार विहान नेपालगन्जबाट सुर्खेत आइरहेको क.प्र.०२००१ ख ११२९ न.को ई.भि. गाडी वीरेन्द्रनगर नगरपालिका–११ ठुलो ब्युरेनीमा दुर्घना हुँदा १७ जना घाइते भएका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सुर्खेत बराहताल गाउँपालिका –४ ३८ वर्षीय हरी मल्ल , जुम्ला चन्दननाथ नगरपालिका– १ का १८ बर्षीय दिपेन्द्र दमाई घाइते भएका छन् । अन्य घाइतेहरुमा जुम्ला सिंजा गाउँपालिका –५ का २८ वर्षीय महेन्द्र शाही , सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ३ का ३८ वर्षीय लाल बहादुर शाही , २७ वर्षीया लक्ष्मी कठायत , बीरेन्द्रनगर –११ कै ३८ वर्षीय नरेश शाही रहेका छन् । त्यस्तै घाइतेहरुमा लेकबेशी नगरपालिका–६ का ३५ वर्षीय पर्शुराम घर्ती मगर घाइते भएका छन् ।
अन्य सामान्य घाइतेहरुमा दैलेख दुल्लु नगरपालिका ६ का २३ वर्षीय शम्सेर खड्का, दुल्लु–११ कै ३० वर्षया लक्ष्माण कार्की ,जुम्ला सिंजा गाउँपालिका– ३ का २४ वर्षीया राज्य लक्ष्मी हमाल , दैलेख दुल्लु नगरपालिका– १० का २६ वर्षीय गणेश योगी , कालिकोट पचाल झरना गाउँपालिका– ३ का २२ वर्षीय रोशन बि.क., जुम्ला सिंजा गाउँपालिका– ४ का २२ वर्षीय ऐन रोकाय , वडा न. १ कै १६ वर्षीया रक्षा धिताल , वडा न. ५ की २२ वर्षीय बिष्णु शाही , मुगु सोरु गाउँपालिका– ९ का ३२ वर्षीय दिनेश शाही , जुम्ला चन्दननाथ नगरपालिका– १ का २१ वर्षीय श्री परियार घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक भावेश रिमालले जानकारी दिनुभयो । घाइते सबैको उपचार भइरहेको छ ।



