जाजरकोटमा आठ ठाउँमा यात्रु सहायता कक्ष स्थापना

जाजरकोट ः जाजरकोट प्रहरीले चाड पर्वलाई लक्षित गरी आठ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । यात्रुहरुका समस्या, गुनासो तथा आवश्यकता अनुसार आवश्यक सहयोग उपलब्ध गराई सुरक्षित र अनुशासित यातायात सेवा प्रवाह गर्ने उद्देश्यले आठ ठाउँमा आठ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

प्रहरीले यात्रुहरुलाई समस्या परेमा जिल्ला प्रहरी कार्यालयको हट लाइन नं.ः १००, १०३ सिधा सम्पर्क गर्न समेत आग्रह गरेको छ । त्यस्तै यात्रु सहायता कक्ष स्थापना गरिएका ठाउँहरुमा रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोट ः ९८५८०५४०५०, ९८५७८९०२०२ , जिल्ला ट्राफिक प्रहरी कार्यालय ०८९–४३००१२ सम्पर्क गर्न आग्रह गरिएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय दल्ली ९८५८०८२५७७ , इलाका प्रहरी कार्यालय रग्दा ९७४५२०३७८७ , प्रहरी चौकी छेडा ९८६४७९२९१६ , अस्थायी ट्राफिक पोष्ट दल्ली ९८६०९८८६७४ , अस्थायी ट्राफिक प्रहरी पोष्ट छेडा ९८६१६८२५७६ , र अस्थायीप्रहरी पोष्ट सुयाडा ९७६५८०७७७३ मा सम्पर्क गर्न आग्रह गरिएको जाजरकोटका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

भेरी करिडोर र मध्यपहाडी लोकमार्गमा सञ्चालन हुने सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।





error: Content is protected !!