आम नलगाड नगरवासीहरुमा नगर प्रमुखको अनुरोध

बेरुजु र खर्चका बिषयमा लेखिएका सामाग्री सम्बन्धमा
नलगाड बेरुजु वास्तविकता
जम्मा बेरुजु ः ८,८०,८०६३२
बेरुजु कसरी धेरै रहन गयो हेर्नुस,
महल न ४३➡️
स्वास्थ्य सहित सबै करार कर्मचारी ७६ जनाको एकमुष्ट तलव भत्ता २ करोड ४९ लाख ८७ हजार ८ सय ५ रुपैया । यो वाध्यकारी दायित्व हो । सबैलाई म्याद थप्न नसक्ने अवस्था थिएन ः नभएकै आधारमा । यसले ठूलो मात्रा बढाइदिएको छ ।
महल न ४५
बाल विकास र विद्यालय कर्मचारीको तलब बापत को रकम रु ६० लाख ३ हजार रकम । यो पनि बाध्यकारी भयो रोक्न सकिएन तलव केही समय रोक्दा आन्दोलन सम्म भएको सबैमा अवगत नै छ । आन्तरिक स्रोत हामी सङ्ग थिएन, अन्य शीर्षक प्रयोग गर्दा बेरुजु रहन पुग्यो ।
३ महल ४४
अघिल्ला बर्ष काम सम्पन्न भएका तर भुक्तानी हुन नसकेका योजना भुक्तानी बाकी राखेर सोही आ व मा भुक्तानी गरिएको रकम २ करोड २९ लाख १३ हजार । यो रकम कानुन अनुसार सम्झौताको समयमा भुक्तानी लिन नआएकोले पाउनुहुन्न भनेर रोक्न सकिएन ।किनकी सैयौ जना नलगाड वासीको घर खेत बिक्री गराउन पनि कठिन रहन पुग्यो । कमजोरी उपभोक्ताको थियो होला तर उहाँहरुको समस्यालाई बुझेर नगर कार्यपालिकाको निर्णयानुसार भुक्तानी हानिएको रकम कानुन त ठूलो देखिएर सुझावको रुपमा बेरुजु देखिएको थियो ।
महल न ४८
नगर अनुदान शिक्षकको तलव बापत रु।१६ लाख सहित यी र यस्तै ठूलो रकम रहन पुगे । यी र यस्तै अनियमित बेरुजु थिए मात्रा बढाउने सहयोगी ।
सबैमा बेरुजु बढ्नु प्रति चिन्ता रहनु स्वभाविक छ यसरी नै कार्यपालिका, नगर सभा र कर्मचारी प्रशासनलाई सजक र सचेत बनाउने कर्तव्य निर्वाह गर्ने सबै आम नागरिकमा धन्यवाद ब्यक्त गर्दछु । तर जनताकै लागि नगरवासीकै लागि हामिले कर्मचारीलाई यो आ व मा बाकी नीतिगत काम पूरा गरेर बेरुजु हटाउँछौ भन्ने विश्वास दिलाएर गराएको कार्यबाट प्राप्त बे रुजुलाई उल्टै कर्मचारी माथी लगाइने लान्छना र आक्षेपले भने आगामी दिनमा कर्मचारीमा मनोवल कमजोर हुन गई बेरुजुकै डर देखाएर जनताले सास्ती र दुस्ख पाउने सम्भावना थपिएको छ । एउटा कागजका कारण नागरिक पुनस् बिगतमा जस्तै सिउन, जुरेली र भारगाउ फर्किने पर्ने अवस्था न आउलान भन्न सकिन्न । आम नगरवासी हरु बे रुजुलाई भ्रष्टाचार र जालझेल नबुझ्न आग्रह गर्दछु । तलव भत्ता र भुक्तानी बाकी योजना भुक्तानी ले बढाएको बेरुजु यस बर्ष नियमित हुनेछ र आगामी दिनहरुमा सम्मानित महालेखा परीक्षकको कार्यालयले दिएका सुझाव सम्भव भएसम्म कार्यान्वयण गरिनेछ र गरिदै लगिनेछ तर बे रुजुको डरमा जनताले सास्ती दुस्ख पाउने गरि हाउगुजी र डरमा कार्य नगर्न सबै कर्मचारीहरुमा म अनुरोध गर्दछु ।
बाकी खर्चको कुरा कार्यपालिकामा छलफल भै बिपद ब्यवस्थापन समितिमा बृहत छलफल भै खर्च लेखिएको खर्च हो उठेका विषयहरु । २०८० कार्तिक को भुकम्प पछि खोज, उद्वार र पुनस् निर्माण र पुनस् स्थापना सम्म इन्धन खर्च, सवारी साधन, मसलन्द अपेक्षा भन्दा आकस्मिक रुपमा बढी प्रयोग भइ बिगतका बर्ष भन्दा बढी खर्च हुन गएको थियो । राहत कसरी वितरण भयो रुखोज उद्दारमा परिचालन के कसरी भयो स्पष्ट छ ।
खर्च नियन्त्रण को अधिकतम प्रयास पछि यो खर्च रहन गएको हो । सो समयमा सार्वजनिक खरिद ऐन नियमावली हरु समेत कार्यान्वयन गर्ने अवस्था रहेन, स्थित भयावह रहन गयो तर सबै खरिद विधि प्रयोगमा अधिकतम प्रतिस्पर्धा गराउन समेत सकिएन, सामाग्री खरिद ठेक्का, बोलपत्र गर्न सकिएन त्यो वाध्यता रहन पुग्यो । तर सार्वजनिक खरिद कार्यलाई त्यस यता प्रतिस्पर्धा अधिक बनाई उच्चतम कानुन सङ्गत बनाउन यो वर्ष बोलपत्र, ठेक्का प्रकृयाको समेत अधिकतम कार्यान्वयन गरिएको ब्यहोरा सबैमा जानकारी गराउँछु । अप्ठ्यारो अवस्थामा गरिएका कार्यहरु सहज समयमा आएर विश्लेषण गर्दा त्यो भयावह स्थिति विर्सिएर आरोप मात्रै लगाउनु आफैमा उपयुक्त होईन । अन्त्यमा ः आम नगरवासी सबैमा भ्रामक रुपमा फैलाइएको भ्रममा नरहन अनुरोध गर्दछु ।
धन्यवाद
नगर प्रमुख








