कुशेका १३ जना उत्तरकाँशीको हर्सिलमा बेपत्ता मध्य सातको मृत्यु

सुर्खेत /  भारतको उत्तराखण्ड राज्य अन्तरर्गत उत्तरकाँशीको हर्सिल क्षेत्रमा मजदुरी गर्न गएको १३ जना जाजरकोट कुशेका बेपत्ता मध्य सात जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो ।

उहाँले एक विज्ञप्ति निकाल्दै भन्नुभयो , “ कुशे गाउँपालिका–२ का १३ जना स्थानीयबासीहरु सम्पर्कमा नरहेको जानकारी आएपछि खोजि गर्दा सात जनाको मृत्यु भएको खवर आएको छ । अन्य ६ जना अझैँ सम्पर्कमा नरहेको अवस्था छ । उत्तरकाँशीको हर्सिल क्षेत्रमा पाँच अगस्टमा आएको बाढीमा परेका कारण सम्पर्क हुन नसकेको परिवारले बताएका छन् ।” वेपत्ताहरुको खोजि गरिदिनका लागि गाउँपालिकाका अध्यक्ष बस्नेतले नेपाल सरकार परराष्ट मन्त्रालयलाई आग्रह गर्नुभयो ।

अन्य वडाका स्थानीयबासीहरु पनि सम्पर्कमा नरहेको स्थानीयबासीको भनाई रहेको भन्दै कुशे गाउँपालिकाका अध्यक्ष बस्नेतले बताउनुभयो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले कुशे गाउँपालिकाबाट जानकारी आएको बताउनुभयो ।

उहाँले भन्नुभयो , “ सबै पालिकामा रहेका प्रहरी चौकी र पालिकालाई पत्राचार गरेर उत्तरकाँशीको हर्सिल क्षेत्रमा काम गर्न गएका जाजरकोटबासीको नाम संकलनको काम गर्नका लागि निर्देशन दिएको छु । गृहमन्त्रालयमा समेत सोही अनुसारको जानकारी गराएको छु । उत्ता पालिका अध्यक्ष हरिचन्द्र बस्नेतले कुशे २ का ६ जनाको मृत्यु भएको र जुम्लाको एक जनाको मृत्यु भएको पुष्टि भइसकेको बताउनुभयो ।

अध्यक्ष बस्नेतले दिएको जानकारी अनुसार कुशे २ टालेगाउँका कर्णबहादुर सिंह , रामबहादुर सिंह , मानबहादुर सिंह , निमबहादुर सिंह , जनक शाही ( जुम्ला कुडारी ) , मानबहादुर सिंहका ज्वाई नाम नखुलको र रविन सिंहको मृत्यु भइसकेको छ । अन्यको खोजी कार्य भइरहेको भारतमा रहेका नेपालीसँग सम्पर्कबाट थाहा भएको छ ।





error: Content is protected !!