प्रदेश सरकारको निर्देशन अनुसार काम गरेर परिणाम निकाल्न आग्रह

सुर्खेत / सरकारले गरेका निर्णय तथा दिएका निर्देशन अनुसार काम गर्न कर्मचारी तथा सरोकारवाला निकायलाई कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताउनुभयो । सरकारले दशै अघि सबै योजनाहरुको बोलपत्र तथा प्रक्रियागत काम गरेर नतिजामुखी काम गर्न जिल्ला स्थित कार्यालय प्रमुखलाई निर्देशन दिएको बताउनुभयो ।
आज कर्णाली प्रदेशसभामा बोल्दै मुख्यमन्त्री कँडेलले विगतमा के भएको थियो , त्यो अहिले गर्न जरुरी छैन । हामी नतिजामुखी भएर काम अगाडी बढाउने हो । विकास निर्माणका कामहरु छिटो ,छरितो गर्नका निम्ति हरेक वर्ष कार्यविधि बनाउने कामको अन्त्य भएको मुख्यमन्त्री कँडेलको भनाई रहेको छ । नयाँ आयोजना तथा कार्यक्रम भए मात्र कार्यविधि बनाएर अगाडी बढने नत्र पुरानै भए पुरानै कार्यविधि अनुसार काम गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।
जिल्ला स्थित कार्यालयले कर्मचारी हटाएर प्रदेश सरकार तीर आन्दोलन गर्न पठाउने काम भएको बताउनुभयो । जिल्ला स्थित कार्यालयले कर्मचारी राख्ने , फाल्ने सबै अधिकार दिएकाले आफ्नो जिम्मेवारीबाट पन्छिएर अर्का तीर नपठाउन समेत उहाँले आग्रह गनुभयो । सबै मिलेर बनाएको बजेट भएकाले प्रभावकारी कार्यान्वयन गर्नका लागि सबै लाग्न मुख्यमन्त्रीले आग्रह गर्नुभयो । सांसदीय समितिको प्रभावकारीता बढाउने कुरा पनि रहेको बताउनुभयो ।








