झोङ्बा काउन्टी, चीनद्वारा सन् २०२५ को साता सीमावर्ती व्यापार नाका खोलिने

चीनको स्वशासित क्षेत्र तिब्बत अन्तर्गत झोङ्बा काउन्टीले नेपालसँगको सीमावर्ती व्यापारलाई पुनः सक्रिय बनाउन तीनवटा परम्परागत व्यापारिक नाका सन् २०२५ को अगस्ट महिनामा खोलिने घोषणा गरेको छ। झोङ्बा काउन्टीको जन सरकारद्वारा सार्वजनिक सूचनामा सीमावर्ती मित्रता र व्यापार प्रवर्द्धन गर्न नाका खोलिने उल्लेख छ।

खोलिने नाका र समयावधि:

१. यास्मा (खोरबा गाउँपालिका, झोङ्बा)मायोङ (बियान्जी गाउँपालिका, झोङ्बा):
🔹 खुला हुने मिति: अगस्ट १० देखि अगस्ट २५, २०२५

२. ओम्डिन्डिङ (खोरबा गाउँपालिका):
🔹 खुला हुने मिति: अगस्ट ५ देखि अगस्ट २०, २०२५

तीनवटै व्यापारिक नाका १५ दिनका लागि खुला गरिनेछ, जसमा १० दिन व्यापारका लागि र ५ दिन व्यवस्थापन तथा सरसफाइका लागि छुट्याइएको छ।


आवश्यक कागजात र शर्तहरू:

  • नेपालका सीमावर्ती बासिन्दाले नागरिकता परिचयपत्रसीमावर्ती बासिन्दाको प्रमाणपत्र अनिवार्य साथमा हुनुपर्नेछ।

  • बालबालिकासमेत अनिवार्य कागजातसहित जानुपर्नेछ।

  • अबधिपछि सकिएको कागजात तुरुन्त नवीकरण गर्नुपर्नेछ।

  • नेपाली स्थानीय सरकारले नाका खुल्नु अघि सम्बन्धित व्यक्तिहरूको नाम, कागजात नम्बर लगायतको विवरण झोङ्बा काउन्टीको वैदेशिक कार्यालयलाई बुझाउनुपर्नेछ।

  • रोग लागेका जनावरहरू चीन प्रवेशमा प्रतिबन्ध लगाइएको छ।


आधिकारिक सूचना जारी गर्ने निकाय:

झोङ्बा काउन्टीको जन सरकार
 मिति: जुलाई २४, २०२५\





error: Content is protected !!