कर्णालीमा कुल देवता, मन्दिर र नेताका नाममा करोडौँ बजेट छुट्याइयो

सुर्खेत / कर्णाली प्रदेश सरकारले देवी देउताको नाममा कडोडौँ रकम बिनियोजन गरेको पाइएको छ । मुख्यमन्त्री यामलाल कँडेल सुशासनको नारा दिदै गर्दा उनले नेतृत्व गरेको कर्णालीमा देवी ,देवताको नाममा करौडौँका योजनाहरु दिदा सुशासनको धज्जी उडेको छ । घर ,घरमा मन्दिर बनाउने , देवीका थान बनाउने काम व्यक्तिको भएपनि प्रदेश सरकारले व्यक्तिको पुजाआजा गर्ने ठाउँमा बजेट बिनियोजन गरिएको छ ।
मुख्यमन्त्रीको निर्देशनलाई ठाडै लत्याउँदै मन्त्रीहरूले मनलाग्दी तरिकाले आफ्ना दलका कार्यकर्ता र आसेपासेको दबाबमा मन्दिर, कुल देउता र थान (आस्थालाई पुज्ने ठाउँ) हरूका नाममा करोडौँ रकम बाँडेको पाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेट विवरण अनुसार ७२ वटा कुल देवता, मठमन्दिर, थान र गुम्बाहरूमा १८ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ, जसमध्ये अधिकांश योजना कुल देउता र व्यक्तिगत पहुँचका आधारमा छानीछानी छनोट भएका छन् ।
दैलेखको ठाटीकाँध गाउँपालिका–५ मा रहेको मालिकामाई मन्दिर तथा रेलिङ निर्माण शीर्षकमा १५ लाख बजेट छुट्याइएको छ । उक्त मन्दिर तोलिपाटाका ठकुरी र भादगाउँका जैसीहरूको कुल देउताको मन्दिर हो, जहाँ उनीहरूले मात्रै पूजाआजा गर्छन् । स्रोतका अनुसार, नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताको दबाबमा उक्त शीर्षकमा बजेट विनियोजन भएको हो । हाल उद्योग, पर्यटन, वन तथा वातावरण, अर्थ र सामाजिक विकास मन्त्रालय कांग्रेसले नै सम्हालेको छ । यस्तै प्रकृतिका दैलेखमा मात्र १२ वटा योजना छन्, जसमा पञ्चकोशी क्षेत्रको नाभिस्थान मन्दिरबाहेक बाँकी अधिकांश मन्दिर खासै चर्चामा नआएका र पर्यटकीय महत्त्व स्थापित गर्न नसक्ने खालका छन् ।
सुर्खेतमा पनि यस्ता ११ वटा योजना छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले आफ्नो गृह जिल्ला सल्यानमा सबैभन्दा धेरै १३ वटा यस्ता योजना समावेश गरेका छन् । जाजरकोट र जुम्लामा ६÷६, मुगुमा ६, रुकुम पश्चिम र हुम्लामा ४÷४, कालिकोटमा ६ र डोल्पामा २ वटा योजना परेका छन् ।
विवरणअनुसार, १५ लाखका दरले ५३ वटा कुल देउता, मन्दिर, गुम्बा तथा थानहरूलाई ७ करोड ९५ लाख रकम विनियोजन गरिएको छ । ३० लाखका तीन योजनामा ९० लाख, २० लाखका तीन योजनामा ६० लाख र २५ लाखका चार योजनामा १ करोड बजेट छ । यस्तै, ४० लाख, ४५ लाख र ८० लाखका एक–एक योजना छन् । ५० लाखका दुई योजना छन् भने काँक्रेविहार मन्दिरको पर्खालका लागि २ करोड ५० लाख विनियोजन गरिएको छ । पर्यटनका नाममा अधिकांश बजेट १५ लाखका दरले टुक्रे योजनामा वितरण गरिएको छ ।
कुल देवताका थान, मन्दिर, गुम्बा शीर्षकका योजनाहरू
क्र.सं. योजनाको नाम बजेट (रु. हजारमा)
१. शिव मन्दिर शारदा –८ सल्यान १५,००
२. वालमन्दिर पर्यटकीय पूर्वाधार निर्माण (ठेगाना उल्लेख छैन) ३०,००
३. श्री कालीमा मालिका दर्शन मार्ग तथा मन्दिर पुनर्निर्माण चंखेली–६ हुम्ला १५,००
४. कोटभगवती पर्यटकीय पूर्वाधार कालीमाटी, सल्यान २५,००
५. बागेश्वरी मन्दीर छत्रेश्वरी सल्यान (भण्डारी समुदाय) १५,००
६. कालिका मन्दीर शारदा सल्यान २०,००
७. दारे मष्टो मन्दिर निर्माण ताँजाकोट हुम्ला १५,००
८. देउलीबोट शिव मन्दीर बागचौर सल्यान २०,००
९. त्रिवेणी धाम मन्दिर निर्माण तथा घेरवार कालिमाटी सल्यान ४०,००
१०. महादेव कालिका मन्दीर पुर्वाधार (ठेगाना छैन) १५,००
११. सिद्धगुफा मन्दीर निर्माण सल्यान २५,००
१२. मालिका मन्दीर पर्यटकीय क्षेत्र निर्माण (ठेगाना छैन) २०,००
१३. त्रिवेशी तिर्थशाला धाम घेरबार सल्यान ४५,००
१४. कोटभगवति मन्दीर सल्यान २५,००
१५. ऐछेना माथिबाडा पोरिघर मष्टो मन्दिर कालिकोट १५,००
१६. दक्षिणकाली मन्दिर सल्यान कपुरकोट १५,००
१७. लेखपोखरा भगवती मन्दीर पार्क सल्यान ३०,००
१८. खार्पुनाथ शिवालया मन्दीर पर्यटन हूम्ला ५०,००
१९. शिव मन्दिर सर्केगाड हुम्ला १५,००
२०. कालिका मन्दीर पदमार्ग कालिकोट १५,००
२१. बालभैरव मन्दिर पर्खाल तथा घेरबार दुल्लू, दैलेख १५,००
२२. भगवतीमाई मन्दिर भैरवी दैलेख १५,००
२३. धुलेश्वर मन्दिर नौतले मन्दिर दुल्लु दैलेख १५,००
२४. मालिकामाई मन्दिर तथा रेलिङ्ग ठाटीकाँध दैलेख १५,००
२५. पुर्णाकोटमाई मन्दिर गुराँस दैलेख १५,००
२६. भैसाखोर मष्टा मन्दिर घेरबार भगवतीमाई दैलेख १५,००
२७. जगतनाथ महावै मन्दिर पुर्वाधार भगवतीमाई दैलेख १५,००
२८. पंचकोशी क्षेत्र पर्यटन (नाभिस्थान मन्दिर) दैलेख ३०,००
२९. बाइमाई पर्यटन पुर्वाधार नारायण दैलेख १५,००
३०. महावै जगनाथ मन्दिर महावु दैलेख १५,००
३१. कुकुरेथुम माई मन्दिर आठबिस दैलेख १५,००
३२. चौफारी दया पाथिहान शिवगुफा मन्दिर रुकुम पश्चिम १५,००
३३. उपमन्यु गुठी मन्दिर तथा पार्क रुकुम पश्चिम १५,००
३४. दाडेमष्टो मन्दिर निर्माण नरहरीनाथ कालिकोट १५,००
३५. बोबका थान (देवता) पलाँता कालिकोट १५,००
३६. बन्डाल्नी मष्टादेवता मन्दिर राष्कोट कालिकोट १५,००
३७. मष्टादेव मन्दिर तथा फिल्ड निर्माण शुभकालिका कालिकोट १५,००
३८. मष्टा देवता बारो भैरवी दैलेख १५,००
३९. त्रिवेणी बडिमालिका पुर्वाधार (स्थान छैन) २,००००
४०. कालिकाथान घेरबार चौरजहारी रुकुम पश्चिम २५,००
४१. मालिका मन्दिर लामिछाने रुकुम पश्चिम १५,००
४२. दुर्गा भगवती मन्दिर नलगाड जाजरकोट १५,००
४३. काफ्ला मष्टा मन्दिर छेडागाड जाजरकोट १५,००
४४. माई भवती मन्दिर छेडागाड जाजरकोट १५,००
४५. मैनादेखि राँगाबाँचिला थान (देवता) सम्म मन्दिर बारेकाेट जाजरकोट १५,००
४६. कांक्रेविहार मन्दिर कम्पाउण्ड वाल सुर्खेत २,५०,००
४७. बटुकभैरव मन्दिर घेरबार शिवालय जाजरकोट १५,००
४८. औलाकाटिया मष्ट मन्दिर छेडागाड जाजरकोट १५,००
४९. पाग्मा जुद्धेश्वर मन्दिर बराहताल सुर्खेत १५,००
५०. त्रिपुरेश्वर शिव मन्दिर वीरेन्द्रनगर सुर्खेत १५,००
५१. देउती बज्यै मन्दिर वीरेन्द्रनगर सुर्खेत १५,००
५२. शिवभक्ती धाम पंचपुरी सुर्खेत १५,००
५३. नेपाल शन्नी नामा मस्जिद वीरेन्द्रनगर सुर्खेत १५,००
५४. राधाकृष्ण मन्दिर वीरेन्द्रनगर सुर्खेत १५,००
५५. केशिनाथ मन्दिर छायाँनाथ मुगु १५,००
५६. जगनाथ थान (देवता) मुड्केचुला डोल्पा ५०,००
५७. शिव महादेव पुर्वाधार सोरु मुगु १५,००
५८. कव्या साउँद गुम्बा ठुलोभेरी डोल्पा १५,००
५९. बौद्ध गुम्बा वीरेन्द्रनगर सुर्खेत १५,००
६०. चुचेहल्ला खेतदेखि बाँव मष्टाको ढोगगन्नसम्म सिँजा जुम्ला १५,००
६१. कनका सुन्दरी गडीमाई मन्दिर जुम्ला १५,००
६२. शिव मन्दिर तिला जुम्ला १५,००
६३. थार्पा मस्टो मन्दिर पातारासी जुम्ला १५,००
६४. मर्चिपातल मन्दिर हिमा जुम्ला १५,००
६५. कालासिल्ला मन्दिर हिमा जुम्ला १५,००
६६. शिव मन्दिर वीरेन्द्रनगर सुर्खेत १५,००
६७. महादेव मन्दिर सिम्ता सुर्खेत १५,००
६८. चौराल्नी भवानी मन्दिर सुधार सोरु मुगु १५,००
६९. अधुरो सिद्धबाबा मन्दिर वीरेन्द्रनगर सुर्खेत १५,००
७०. मन्दिर निर्माण तथा पार्क निर्माण सोरु मुगु ८०,००
७१. मन्दिर तथा गुम्बा संरक्षण पार्क मुगु २५,००
७२. मन्दिर संरक्षण तथा पार्क खत्याड मुगु ९०,००
आर्थिक वर्ष ०७५/७६ देखि ०७८/ ७९ सम्मको अवधिमा मात्रै प्रदेश सरकारले मन्दिर तथा गुम्बाका लागि झण्डै ११ करोड रुपैयाँ खर्च गरेको देखिन्छ । त्यो समयमा हालका मुख्यमन्त्री यामलाल कँडेलले तत्कालिन सरकारलाई जथाभावी बजेट छरेको , अनाआवश्यक काममा बजेट मासेको भन्दै चर्को आलोचना गरेका थिए । अहिले सोही बाटोमा मुख्यमन्त्री कँडेलको नेतृत्वको टिम जाँदा निल्नु न ओकल्नु जस्तै भएको छ ।
किन दिइयो नेताका नाममा पनि बजेट
सत्तारुढ दल नेपाली कांग्रेस, दैलेखका कोषाध्यक्षसमेत भइसकेका भुपेन्द्रजंग महतको नाममा दुल्लुमा स्थापित स्मृति प्रतिष्ठानले आगामी बजेटबाट १५ लाख रुपैयाँ रहेकाे छ । यसैगरी, कांग्रेसकै दिवंगत नेता तप्तबहादुर विष्टको स्मृतिमा पार्क निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ छुट्याइएको छ । विष्ट पश्चिम सुर्खेतबाट दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका थिए । एक पटक राज्यमन्त्री र कांग्रेस सुर्खेतका जिल्ला सभापतिजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका उनको ०७८ सालमा निधन भएको थियो ।
कांग्रेसका नेताहरूले वीरेन्द्रनगरमा गणेशमान स्मृति प्रतिष्ठान भवन निर्माणका लागि मात्रै १ करोड रुपैयाँको बजेट पार्न सफल भएका छन् । रत्नबहादुर शाही स्मृति पार्क, खत्याड, मुगुका लागि पनि बजेट विनियोजन भएको छ, उनी पनि कांग्रेसकै जिल्ला तहका नेता थिए । यो प्रवृत्ति केवल कांग्रेसमा मात्र सीमित छैन । कम्युनिस्ट आन्दोलनमा लागेको आरोपमा तत्कालीन सरकारद्वारा २०१० सालमा हत्या गरिएका रुकुमका कामी बुढामगर र रुकुम पश्चिमकै सहिद हरिभक्त ओलीको नाममा स्थापित पार्कका लागि क्रमशः १५ लाख र २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै, नेकपा एमालेका संस्थापक नेता पुष्पलालको नाममा पार्क निर्माण गर्न १५ लाख रुपैयाँ रहेकाे ५ । कांग्रेसले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा स्मृति भवन बनाउन २ करोड रुपैयाँको विशाल बजेट सुनिश्चित गरिएको छ ।
हेर्नुहोस् नेताका नाममा विनियोजित बजेट
क्र.सं. योजनाको नाम बजेट (रु. हजारमा)
१. भूपेन्द्रजंग महत स्मृति प्रतिष्ठान दुल्लु, दैलेख १५,००
२. गणेशमान स्मृति प्रतिष्ठान भवन निर्माण, वीनपा—१ सुर्खेत १,००,००
३. सहिद हरिभक्त ओली स्मृति पार्क रुकुम पश्चिम २५,००
४. रामजानकी सहिद स्मृति पार्क, भेरीगंगा नपा—१२, सुर्खेत १५,००
५. शहिद मनबहादुर र काली बहादुर स्मृति भवन निर्माण, भेरीगंगा नपा—२ सुर्खेत¬ १५,००
६. कृष्ण प्रसाद भट्टराई स्मृति प्रतिष्ठान भवन निर्माण लेकवेशी–१ सुर्खेत २,००,००
७. कामी बुढा पार्क रुकुम पश्चिम १५,००
८. तप्तबहादुर विष्ट पार्क पंचपुरी सुर्खेत १५,००
९. पुष्पलाल स्मृति पार्क निर्माण वीरेन्द्रनगर सुर्खेत १५,००
११. रत्नबहादुर शाही स्मृति पार्क खत्याड मुगु ४०,००
१२. गगन स्मृति पार्क भेरी नगरपालिका जाजरकोट २५,००



