जंगली च्याउ खादा एकै घरका तीन बिरामी

सुर्खेत  , २५ असार ः जाजरकोटको नलगाड नगरपालिका– ४ पिपलचौरमा जंगली च्याउ खादा एकै घरमा तीन बालबालिका बिरामी भएका छन् ।

पिपलचौरका स्थानीयबासी मंगबहादुर सिंहका १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीया छोरा झलक सिंह र तीन वर्षीया छोरी दिपा सिंहले जंगली च्याउ खादा बिरामी भएका हुन् । उनीहरुको बिरामी भए लगत्तै बुधबार नगर अस्पताल दल्लीमा उपचार जारी रहेको डाक्टर नविन ध्यारले जानकारी दिनुभयो ।





error: Content is protected !!