जाजरकोटको तर्पेनामा टुंगा लागेर टहरामा सुतेकी दुई बैनीको मृत्यु

जाजरकोट / जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दुई बैनीको ढुंगा लागेर मृत्यु भएको छ ।बिहीबार बेलुकी ९ बजे टहरामा सुतिरहेकी १८ वर्षीया सर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष बीरबहादुर बुढाले जानकारी दिनुभयो । नियमित पानी परिरहेकोले समस्या भइरहेको उहाँले जानकारी दिनुभयो ।
नरबहादुर बुढाकी दुई छोरीहरु बाख्रा हेरचाहको लागि भूकम्प पीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथी आएको ढुंगा लाग्दा घटना स्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । प्रहरी समेत घटना स्थलमा पुगेर जानकारी लिने काम पुरा भएको प्रहरी जवान महेश सिंहले बताउनुभयो ।








