३२ अर्ब ९९ करोडको कर्णालीको सरकारको बजेट

सुर्खेत / कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ । यो बजेट चालु आवको तुलनामा ५ प्रतिशतले बढेको हो । पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार र चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख एक हजार विनियोजन गरिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले मध्यराति प्रदेशसभामा बजेट प्रस्तुत गनुभयो । दलहरूबीच बजेटमा सहमति जुट्न नसक्दा मध्यराति ११ ः ५३ कर्णालीमा बजेट सार्वजनिक गरिएको हो । असार १ गते नै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थालाई टेकेर कर्णालीले बजेट ल्याएको हो । दिनभर दलहरूबीच सहमति जुट्न नसक्दा कर्णालीमा बजेट सार्वजनिक हुन सकेको थिएन । प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले बजेट बहिष्कार गर्ने चेतावनी दिएपछि दिनभर बजेट आउने वा नआउने भन्ने अन्यौल थियो ।
आगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका नीति, कार्यक्रम तथा आयोजनाहरूका र्यान्वयन गर्न चालु आर्थिक वर्षको बजेट विनियोजनको तुलनामा ५ प्रतिशतले वृद्धि गरी ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार विनियोजन गरिएको छ । कुल विनियोजन मध्ये प्रदेशले खर्च गर्ने चालुतर्फ रु ७ अब ७९ करोड ९१ लाख १ हजार अर्थात २३.६४ प्रतिशत, पुँजीगततर्फरू. १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात ६०.५५प्रतिशत, वित्तीय व्यवस्थातर्फरू ६१ करोड ५० लाख अर्थात १.८६ प्रतिशतर स्थानीयतहमा वित्तीय हस्तान्तरण तर्फ रू ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार अर्थात् १३.९५प्रतिशत विनियोजनन गरिएको छ ।
आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट रू. ९६ करोड७४ लाख११हजार,चालु आर्थिक वर्षको खर्च नभइ बचत हुने अनुमानित रकम रू. ५ अर्ब ६९ करोड ६८ लाख ४४ हजार ,सङ्घीय सरकारबाट राजस्वबाँडफाँट बापत प्राप्तहुने रकम रू १० अर्ब २७ करोड ३० लाख र वित्तीयसमानीकरण अनुदानबाट प्राप्तहुन आएको रू १० अर्ब ५६ करोड ४ लाख र ससर्त अनुदानबाट रू ४ अर्ब ४४ करोड ६० लाख परिचालन गरिने बजेट भाषणमा उल्लेख गरिएको छ ।
सङ्घीय सरकारबाट प्राप्त हुने समपूरक अनुदान तर्फ रु ५३ करोड ९७ लाख र विशेष अनुदानतर्फ रू. ४९ करोड ४६ लाख परिचालन हुने भनिएको छ । । सङ्घीय सरकारबाट ससर्त अनुदानमा प्राप्त हुने वैदेशिक सहायता बाहेक अन्य वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम कार्यान्वयनका लागि रू १ करोड८७ लाख स्रोत परिचालन हुने उल्लेख छ ।



