दैलेखमा व्यवसायिक रूपमा पेट्रोल उत्पादन गरिने, पाल्पा सुनसरी र दाङमा पनि अन्वेषण गरिने

काठमाडौँ ः सरकारले दैलेखमा व्यवसायिक रूपमा पेट्रोल उत्पादन गर्ने बताएको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२र८३ को लागि सरकारको बजेट पेस गर्दै यस्तो बताएका हुन्।

दैलेखको पेट्रोलियम अन्वेषण कार्य सम्पन्न गरेर प्राप्त गरेर नमूना परीक्षण प्रतिवेदनका आधारमा व्यवसायिक उत्पादन सुरू गर्ने बताइएको छ। त्यहाँ २८ वैशाख २०८१ मा ड्रिलिङको काम सुरू भएर २० पुसमा सम्पन्न भएको थियो।

दैलेखको भैरवी गाउँपालिका– १, जलजलेस्थित अन्वेषणस्थलमा ड्रिलिङको काम सम्पन्न भएसँगै तेस्रो चरणका कामअन्तर्गत संकलित नमूना परीक्षण गर्न केही समय अघि चीनतर्फ पठाइएको थियो। सरकारले पाल्पा सुनसरी र दाङमा पनि पेट्रोलियम अन्वेषण गरिने उल्लेख गरेको छ।





error: Content is protected !!