मुड्केचुला र भरतपुरबीच भगिनी सम्बन्ध विस्तार

डोल्पा ः डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध जोडिएको छ ।  भरतपुर महानगरपालिका चितवनमा आयोजित कार्यक्रमका दुई पालिकाबीच ८ बुँदे समझदारीसहित भगिनी सम्बन्ध जोडिएको हो ।

भरतपुर महानगरपालिकाका नगर प्रमुख रेनु दाहाल र मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले समझदारीपत्रमा हस्तारक्षर गरेका हुन् । समझदारीपत्रमा मुख्य धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रचार गर्ने, मौलिक कृषि उत्पादनलाई बजारीकरण गर्ने, उद्यमशीलताको विकास गर्ने लगायतका बुँदा रहेका छन् ।

यससँगै प्राविधिक सहयोग आदानप्रदान गर्ने, विशिष्ट आयोजना सञ्चालन गर्न संयुक्त पहल गर्ने, गुणस्तरीय शिक्षा स्वास्थ्यलाई जोड दिने लगायतका रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम महताराले जानकारी दिए ।

यस प्रकारको समझदारीले दुबै पालिकाको सम्बन्धलाई बलियो बनाइ आगामी दिनमा सबै प्रकारको सहयोग, सहकार्य गर्न सकिने उनको भनाइ छ ।





error: Content is protected !!