संयुक्त सदनको बैठक सुरु, नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं ः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । संयुक्त सदनमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता लगायत दुवै सदनका सांसदहरू उपस्थित छन् ।



