सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति , बालुवाटारमा मन्त्रिपरिषद् बैठक, शिक्षकका मागबारे निर्णय हुँदै

काठमाडौं ः विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबिच सहमति भएको छ। शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो।
बुधबार भएको सहमति मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिनेछ। कति बुँदामा सहमति जुट्यो भन्ने केही खुलाइएको छैन।
मन्त्रिपरिरषद्को बैठकपछि मात्रै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिनेछ । वार्ता सकिएपछि गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकका लागि हिँडेका छन्।
शिक्षा समिति सभापति अम्मरबहादुर थापाले यो अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुने बताए। सहमति जुटेको र मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि सार्वजनिक गरिने थापाले बताए।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् (क्याबिनेट) बैठक सुरू भएको छ । बुधबार साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
आजको मन्त्रिपरिषद् बैठकले शिक्षकहरुका मागका विषयमा निर्णय गर्न सक्ने बताइएको छ । आज दिउँसो मात्रै शिक्षक र सरकारबीच शिक्षकहरुका मागका विषयमा सहमति भएको थियो ।



