ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त , शिक्षामन्त्रीमा रघुजी पन्त

ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई प्रधानमन्त्री केपी ओलीले बर्खास्त गरेका छन्। सरकार विरुद्धै गतिविधि गरेको निष्कर्षसहित प्रधानमन्त्री ओलीले बुधबार उनलाई बर्खास्त गरेका हुन् । आफूलाई बर्खास्त गरेको सम्बन्धी जानकारी गृहमन्त्री रमेश लेखकले फोन गरेर गराएको रातोपाटीलाई बताए । उनले भने, ‘गृहमन्त्रीले फोन गरेर जानकारी गराउनुभएको थियो। अब ठिकै छ।’

उनले प्रधानमन्त्रीले आफूलाई टिका लगाएर पद नदिएको बताउँदै हटाएको भए पनि कुनै गुनासो नरहेको बताए । उनले भने, ‘प्रधानमन्त्री मलाई टिका लाएर दिएको पद होइन मेरा आफ्नै काम छ, अब आफ्नै काममा लाग्छु।’
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ । पन्त एमालेका समानुपातिक सांसद हुन् ।





error: Content is protected !!