प्रचण्डको नेतृत्वमै सुशासन र परिवर्तन सम्भव छ : केन्द्रीय सदस्य काली चलाउने

पुर्ण सार्की/डोल्पा: नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एबम् डोल्पा जिल्ला इन्चार्ज काली चलाउने निरुले देशमा सुशासन, स्थायित्व र जनताको हितमा प्रभावकारी काम गर्न सक्षम नेतृत्वको रुपमा केवल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको बताएकी छन्।
बुधबार जिल्ला समन्वय समिति डोल्पाको प्राङ्गणमा आयोजित माओवादी केन्द्र ठूली भेरी नगरपालिकाको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्व बाहेकको विकल्पले परिवर्तनको मार्ग अवरुद्ध हुने बताइन्।
जनताले सुशासन, अधिकार र स्थायी शान्तिको अपेक्षा गरेका छन्। परिवर्तन र रूपान्तरणको आन्दोलनको नेतृत्व गर्ने शक्ति माओवादी केन्द्रनै भएको बताइन्।
उनले पार्टीले विगतमा भएका कमजोरीहरू स्वीकार गर्दै आगामी दिनमा जनताको हितमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरिन्।
ठूलीभेरीमा थुप्रै चुनौतीहरू भएको र आगामी दिनमा ती चुनौतीलाई चिर्दै नयाँ नेतृत्वले अबको यात्रालाई अगाडि बढाउनु पर्ने सल्लाह र सुझाव दिईन। अब आउने नयाँ नेतृत्वले ठूलीभेरीमा पार्टीलाई सुढुधिकरण गरी विस्तार गर्नु पर्नेमा जोड दिइन्।
पछिल्लो समय डोल्पाका नेकपा माओवादी प्रति जनआस्था बढ्दो छ। त्रिपुरासुन्दरी पछि ठूलीभेरीमा देखिएको जनमासले डोल्पाका विपक्षी दल झस्किएको समेत उल्लेख गरिन्। माओवादीले नेतृत्व गरेको बेला यो देशमा धेरै परिवर्तन समेत भएको बताइन्। डोल्पा जिल्लालाई विकाशको मुख तिर लैजाने हो भने त्यो सिर्फ माओवादी पार्टी देखि मात्रै सम्भव रहेको उल्लेख गरिन्।
सम्बोधनको अन्त्यमा उनले अधिवेशन सफलताको शुभकामना दिँदै नयाँ कमिटी गुट उपगुट नभनी मिलाएर बनाउने जानकारी दिइन्।



