जगदुल्ला जलविद्युत आयोजना निर्माण गर्न दुई कम्पनी सर्टलिस्टमा

हेमन्त केसी
सुर्खेत / डोल्पाको जगदुल्ला ,मुडकेचुलामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत आयोजना निर्माण गर्नका लागि दुई वटा कम्पनी परेका छन् । छनोटमा परेको दुई कम्पनीले बैशाख २४ गते भित्र वित्तिय प्रस्ताव पेश गनुपर्ने भएको छ ।

सिनो हाइडो चिन र जेसिइ ÷ एएनेके जेभी प्राविद्यिक रुपमा सफल भएको भन्दै आयोजनाले सार्वजानिक रुपमा सूचना प्रकाशित गरेको छ । कम्पनीको पाइस बिडका लागि आह्न पनि गरेको छ । दुई कम्पनी अब मुल्य बोलकवोलमा सहभागी भएर प्रतिस्पर्धा गर्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए ।

कम्पनीले सिभिल र हाइडा«े मेकानिकल तर्फको कामका लागि ग्लोबल टेन्डर आह्वान गरेको थियो । चारवटा कम्पनीले आवेदन दिएका मध्य दुई वटा छनोटमा परेका हुन् । सिनो हाइडो , एएनके जेभी ,सिल एचचएच जेभी , टु एमजी फेवा जेभीले आवेदन दिएका थिए । जस मध्य सिनो हाइडो चिन र जेसिइ ÷ एएनेके जेभी प्राविद्यिक रुपमा सफल भएर सर्ट लिष्टमा परेको उनले बताए । दुई कम्पनी अब मुल्य बोलकवोलमा सहभागी हुनेछन् ।

आयोजना अन्तरर्गत इन्जिनियरिङ ,प्रोक्युरम्यान्ट र कन्ट्रक्सन (इपिसि )मोडलमा बनाउने भनिएको छ । यो आयोजना निर्माण गर्दा २३ अर्ब खर्च हुने अनुमान गरिएको छ । १६ अर्ब रिण र ७ अर्ब रुपैयाँ स्वपुँजीबाट जुटाउन लागिएको छ । नविल बैंकको नेतृत्वमा बिभिन्न बैंक तथा वित्तिय संस्थाले लगानी गर्ने गरि अघि नै सहमति भइसकेको छ ।

नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने टुंगो यसअघि नै लागिसकेको छ। नबिलले ४ अर्ब ४० करोड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले ४ अर्ब, कर्मचारी सञ्चय कोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने सहमति भएको आयोजना प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए ।

यस अगाडी कम्पनीले जेठ २० गते ग्लोबल टेण्डर आह्वान गरेको थियो। जसमा ५ वटा कम्पनीले आवेदन दिएका थिए। त्यसबेला जेआईइसी र शर्मा एण्ड कम्पनीमार्फत चिनियाँ कम्पनी झोङदिङ इन्टरनेसनल, आरएससी र अविर, हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन र एजीई कम्पनी, सिनो हाइड्रो कर्पोरेसन, जेसीई र एएनके ज्वाइन्ट भेन्चर, रेल विकास निगम, पटेल इन्जिनियरिङ र लामा कन्स्ट्रक्सन तथा ओम र फेवा जेभी कन्स्ट्रक्सनले संयुक्तरुपमा आवेदन दिएका थिए । बिभिन्न प्रकारका समस्य आएको भन्दै उक्त बोलपत्र रद गरिएको थियो । आयोजना स्थलमा सडक तथा पुल निर्माण कार्य तिब्र बनाएको छ ।

आयोजना स्थलमा जान र आउनका लागि सबै पुल असार मशान्तमा पुरा हुने लक्ष्य राखिएको छ । त्यस्तै आयोजना स्थलमा जाने बाटोको कडा चट्टान फोर्नका लागि आयोजनाले त्रिबेणी देखि इल सम्मा लिएको जिम्मेवारी करिव ,करिव पुरा गर्न थालेको छ ।

आयोजनाको विद्युत उत्पादन गृह मुड्केचुला गाउँपालिका–४ इलमा निर्माण हुने छ । जगदुल्ला गाउँपालिका–१ हुरीकोटमा २० मिटरको जलाशययुक्त बाँध निर्माण गरी सुरुङमार्गमार्फत विद्युत् गृहमा पानी खसालिने छ । सुरुङ ६ दशमलव १ किलोमिटर लामो हुनेछ । यसको साथै तीन सय मिटर जमिनमुनि भूमिगत विद्युत् उत्पादन गृह निर्माणसमेत गरिने अधिकृत सापकोटाले बताए । पाँच वर्ष भित्र निर्माण कार्य पुरा गर्ने लक्ष्य लिइएको छ ।

यहाँबाट उत्पादन भएको विद्युत् सिधैँ रूकुम–पश्चिमको नेपाल विद्युत् प्राधिकरणको बाँफिकोट सबस्टेशनमा जोडिने छ । राष्ट्रिय प्रणालीमा जोड्नका लागि करिब ४५ किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्छ । आयोजनादेखि नेपाल विद्युत प्राधिकरणको बाँफिकोट सबस्टेसनसम्म प्रसारणलाइन निर्माण गरिनेछ ।





error: Content is protected !!