डिजिटल कर्णाली कन्क्लेभ हुने

सुर्खेत ः डिजिटल कर्णाली कन्क्लेभ २०२५ मा हुन भएको छ । डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, फिनटेक, डिजिटल नेतृत्वका साथै नीति, जनशक्ति, कृषि, पर्यटन, डिजिटल हेल्थ, स्टार्टअप, उद्यमशीलता लगायतका विषयमा केन्द्रीत रही डिजिटल कर्णाली कन्क्लेभ हुन लागेको हो । वैैशाख ९ र १० गते हुने उक्त कार्यक्रममा प्रदेश र राष्ट्रिय स्तरबाट ५० जना बढी बिज्ञ बक्ताहरु सहभागी हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा कन्क्लेभ आयेजना गरिएको हो । डिजिटल कर्णाली कन्क्लेभ २०२५ मा १० बढी सेसन र ८ बढी प्रस्तुतिहरु रहनेछन । ’इम्पावारिङ द फ्युचर ः इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न ३ छनोट प्रस्तुतिसँगै ८ लाइटिनिङ प्रस्तुती र ७ थिममा १० प्यानल संवाद हुनेछन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको प्रमुख आतिथ्यमा आयोजना हुने छ । यस्तै प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्य, सरकारी उच्च अधिकारी, जनप्रतिनिधि, विज्ञ, सरोकारवालाहरु लगायत ४ सय बढीको सहभागीता रहने छ । कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा वृहत छलफल र अन्तरक्रिया हुनेछ ।
नीतिगत सुधार गर्न, सार्वजनिक सेवा प्रवाहलाई रूपान्तरण गर्न र प्रविधिको प्रयोग गर्दै कर्णालीबासीको जीवनशैलीमै परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बिश्वास मन्त्रालयले लिइएको छ ।

कार्यक्रममा कर्णालीको लागि विकास गरिएका १० बढी डिजिटल सोलुसन र आइडियाहरुको शोकस र प्रस्तुति पनि हुनेछन् । कार्यक्रममा सहभागी हुन चाहने इच्छुकले वेबसाइट मार्फत नै नाम दर्ता पनि गर्न सक्ने मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिनुभयो ।





error: Content is protected !!