मन्त्री परिषदको बैठक सम्पन्न ः संगठन संरचना अध्ययन गर्न उच्च स्तरिय समिति गठन

सुर्खेत , ५ वैशाख ः मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृती गरिएको छ । आज बसेको कर्णाली प्रदेशको मन्त्रीपरिषदको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताउनुभयो ।
कार्यविधि अनुसार अब कृषि उद्योग , पर्यटनलाई प्राथमिकता दिने दिएर योजना बन्ने भएको शाहले बताउनुभयो । त्यस्तै संगठन संरचना अध्ययन गर्नका लागि उच्च स्तरिय समिति गठन गरिएको छ । नेपाल सरकारको अवकास प्राप्त लक्ष्मण अर्यालको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ । उक्त समितिले असार १५ गते भित्र अध्ययन गरेर प्रतिबेदन बुझाउने गरि समय दिइएको प्रवक्ता शाहले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयको रिक्त सचिवमा अर्जुन गौतमलाई कामकाजका लागि खटाउने निर्णय गरिएको छ । त्यस्तै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको प्रदेशीक सडकको सञ्जाल गुरु योजना पास गरिएको समेत उहाँले बताउनुभयो ।



