हिमालको महत्वका विषयमा सबैले बुझनपर्छ ः प्रधानमन्त्री ओली

सुर्खेत , २३ फागुन ः हाम्रो कारणले नभई अरुका कारणले वातावरण विग्रिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अब सबैले महत्व बुझनुपर्ने बताउनुभयो । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्वोधन गर्नुहुदै प्रधानमन्त्री ओली अब हिमालको महत्व बुझनुपर्ने बताउनुभयो ।
हिमालमा हिउ पर्छ भन्ने मात्र बुझदा समस्य भएको भन्दै उहाँले आफूले संयूक्त राष्टिसंघको बैठक देखि अन्य फोरममा समेत हिमालको महत्वका विषयमा कुरा राखेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो ,‘समुन्द्रमा देखिएको समस्यका बारेमा मात्र कुरा गर्ने होइन, मुख्य कुरा भनेको हिमाल पग्लाइयो ? हिमालमा हिउ अटन नसक्ने अवस्था भयो । हामीले इकोसिस्टमका विषयमा कुरा गर्ने हो भने हिमाल पग्लिने कुरालाई ध्यान दिनुपर्छ ।’ नयाँ पुस्ताले पुस्तक मात्र होइन, पुस्तक भन्दा परको भविश्य पनि खाली आखाले देख्न सक्ने कुरालाई पनि ध्यान दिनुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको छ ।
विज्ञान प्राविद्यि र एआइको जमानमा रहेको आजको पुस्ताले हाम्रो देश किन गरिव भएको छ भन्ने कुरा तर्फ पनि ध्यान दिन उहाँले आग्रह गनुभयो । नेपालले साहसी र आत्म विश्वास लिएर केही कदम चालेमा नेपाल आत्मनिर्भर ,उत्पादन र उत्पादकत्व वृद्धि गरेमा निर्यात गर्ने देशमा पर्दछौँ । यो कर्णाली प्रदेश असाधारण प्रदेश रहेको समेत बताउनुभयो । निरर्पेक्ष गरिवीबाट हरेक जनतालाई निकाल्न सके देश मात्र संमृद्धि आउने बताउनुभयो । मानवताबादको मुल सिद्धान्तलाई बोकेर अगाडी बढायो भने मात्र आग्रगामी बन्ने बताउनुभयो । इतिहासलाई पछाडी धकेल्ने प्रयास विरुद्ध पनि सफल हुने उहाँको भनाई रहेको छ ।
डिग्रीको प्रमाणपत्र बोकेर काम खोज्दै हिडेपनि काम नपाएर समस्य पर्ने शिक्षा अबको आवश्यकता नभई आफै उद्यमशिलता सिर्जना गर्न सक्ने शिक्षा आवश्यतक रहेको बताउनुभयो । विश्वका जुनसकै देशमा गएर पनि अब्बल हुने जनशक्ति आवश्यकता रहेको बताउनुभयो । ४८ प्रतिशत एसइइमा पास हुने शिक्षा प्रर्णालीको दोस हुनुका साथै अरु कसैको दोष पनि रहेको भन्दै उहाँले आफूले रुचाएको विषय पढन नपाएपछि कोही पनि पास हुदैन उहाँले भन्नुभयो ।





error: Content is protected !!