जाजरकोट नलगाडमा सुक्खा पहिरोमा परि चार मजदुर घाइते

जाजरकोट ः जाजरकोट नलगाड नगरपालिका– १० घ्यारगाउँमा खानेपानी बनाउनका लागि प्रयोग गरिने गिट्टी कुटने क्रम्मा सुक्खा पहिरोमा परि चार जना घाइते भएका छन् ।

डब्लु एफ पी को आर्थिक सहयोगमा निर्माण हुन लागेको खानेपानी योजनाको लागि गिट्टी कुट्ने क्रममा एक्कासी सडक माथिबाट सुक्खा पहिरो आई चार जनालाई पुरा घाइते बनाएको हो ।

घाइतेहरुमा नलगाड नगरपालिका–१० ध्यारगाउँकी ५० वर्षीया कलधरी नेपाली , ४५ वर्षीया डम्मरी कुमारी बोहरा, ४५ वर्षीया लालसरी नेपाली र ३० वर्षीया की कमला बि.क. घाइते हुनुभएको प्रहरी सहायक निरीक्षक राजु प्रसाद चौधरीले जानकारी दिनुभयो । घाइतेको नगर अस्पताल दल्लीमा उपचार सुरु गरिएको प्रहरीले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!