कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना हुँदै

सुर्खेत , १० फागुन ः कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना गर्न काम सुरु भएको छ । अघिल्लो आव देखि सुरु गरिएको यो काम चालु आबमा निर्माण कार्य सुरु गरिएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशु नश्ल सुधार गरी उत्पादन वृद्धि गर्ने उदेश्यले पशुपन्छी विकास निर्देशनालय बीरेन्द्रनगर सुर्खेतको परिसरमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना गर्न लागेको छ ।
मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार पशुहरूको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधान गर्न तरल नाइट्रोजन प्लान्ट निर्माणको काम सुरु भएको हो । प्लान्ट स्थापना पछि गाई , भैँसीको नश्ल सुधार , उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन गर्ने उद्देश्य पुरा हुने उहाँले बताउनुभयो । अघिल्लो आबमा रु ४० लाखका विस्तृत योजना प्रतिबेदन बनाई चालु आबमा चार करोड ८५ लाख बजेट विनियोजन भएपछि कर्णाली प्रदेशमै पहिलोपटक प्लान्ट निर्माणको काम सुरु भएको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिनुभयो ।\
प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउनका चालु आबमा सरकारले पर्याप्त बजेट विनियोजन गरेकाले सम्झौता भइ काम अघि बढाइएको कठायतले बताउनुभयो । पशुहरूको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधान गर्न तरल नाइट्रोजन प्लान्ट आवश्यक पर्ने गर्दछ । गाई , भैँसीको नश्ल सुधार , उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन गर्नका लागि प्लान्ट स्थापना उदेश्य राखिएको हो । नश्ल सुधारका लागि अहिले कर्णाली प्रदेशले पशुको वीर्य बाहिरबाट ल्याउनु पर्ने बाध्यता रहेको छ ।
बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न सहयोग पुग्ने कठायातले जानकारी दिनुभयो । हाल यहाँका करिब २५० किसानले पालन गरेका पशु बस्तुहरुमा कृत्रिम गर्भाधान सेवा दिदै आएको छ । दूध र मासु उत्पादनका लागि कृत्रिम गर्भाधानमार्फत् नश्ल सुधार अत्यन्त प्रभावकारी भएको मन्त्रालयले जनाएको छ ।
हाल १ हजार ५०० भन्दा बढी कृतिम गर्भधान गर्नेको माग आएको कठायातले जानकारी दिनुभयो । प्लान्ट स्थापना भए देखि तीन वर्ष सम्मा प्राविद्यिक रुपमा निर्माण व्यवसायले हेर्ने सम्झौता भएको छ । प्लान्ट स्थापना पछि नाफा र घाटाको काम आठ वर्ष पछि मात्र आउने यहाँले जानकारी दिनुभयो ।



