मस्कको डजलाई संवेदनशील वित्तीय भुक्तानीसम्म पहुँच

वासिङटन डीसी ः अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले जिम्मा पाएको सरकारी दक्षता विभाग डज ले सामाजिक सुरक्षा र मेडिकेयर ग्राहक भुक्तानी प्रणालीहरूसहित संवेदनशील वित्तीय डेटामा पहुँच प्राप्त गरेको छ । तर धेरै नेताहरूले यसप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सरकारी खर्च नियन्त्रण गर्न, संघीय कर्मचारीहरूलाई हटाउन, सरकारी खर्च कटौती गर्न, संघीय नियम र विनियमहरू घटाउन सरकारी दक्षता विभाग गठन गरेको थियो ।

यसको कमान्ड एलोन मस्कलाई सुम्पिएको थियो । मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागसँग संवेदनशील करदाता डेटामा व्यापक पहुँच छ । यस सम्बन्धमा सिनेटको वित्त समितिका प्रमुख डेमोक्रेट सांसद रोन वाइडेनले गहिरो चिन्ता व्यक्त गरेका छन् ।





error: Content is protected !!