संसदमा जीवन शाहीको आक्रोश ः भौतिक मन्त्रीलाई बर्खास्त गर्न माग

पंखबहादुर शाही

सुर्खेत ः नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढालाई बर्खास्त गर्नुपर्ने बताएका छन् । यदि त्योबारे नसोचेको खण्डमा कांग्रेस सरकारमा बस्ने कि नबस्ने भन्ने विषयमा सोच्न मुख्यमन्त्री यामलाल कँडेललाई शाहीले आग्रह गरेका छन् ।

सोमबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशनको पहिलो बैठकमा सरकारप्रति आक्रोशित हुँदै शाहीले भने– ‘म आज भन्दै छु, यदि यो सरकार निरन्तर हुने हो भने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको स्थिति के हुने हो रु एउटा दलको नेताको फोन नउठाउने रु के गर्छ भन्ने रु त्यो मन्त्रीलाई बर्खास्त नगर्दासम्म हामी सरकारमा बस्ने कि नबस्ने मुख्यमन्त्री ज्यू ?

गम्भीर कुरा रहेकोले आफू बोल्न बाध्य रहेको शाहीको भनाइ छ । उनले थप प्रश्न गरे—‘यो वर्ष बजेट फ्रिज गए जिम्मेवारी कसले लिने हो ?  बैठकमा पूर्व मुख्यमन्त्री समेत रहेका शाही मुख्यमन्त्री यामलाल कँडेल र सरकारप्रति यति आक्रोशित भए, कांग्रेस सरकारबाट बाहिरिन सक्ने खालको घुमाउरो धम्की समेत दिन भ्याए । उनले आफूमाथि षड्यन्त्र गरिएकोदेखि सरकारका गतिविधिबारे खरो रूपमा उत्रिए । उनले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाएका छन् ।

शाहीले संसदमा प्रस्तुत गरेका केही महत्त्वपूर्ण विषयहरू

—प्रदेशसभा निष्क्रिय भयो । कसको छायामा परेको हो सभामुख र सचिव रु सभामुख र उपसभामुखबिच बोलचाल छैन, सचिव उपसचिवबिच बोलचाल छैन रु यस्तो तरिकाले संसद् चल्छ रु

—पहिले कांग्रेस माओवादीको गठबन्धनको सरकार अपवित्र भन्ने मुख्यमन्त्री -प्रतिपक्षमा हुँदा यामलालले भनेको कुरालाई सङ्केत-ले अहिले काङ्ग्रेससँग एमाले मिलेर सरकार सञ्चालन गर्दा कस्तो होला रु पवित्र भयो त रु म यहाँ भएको भए गठबन्धन के हुन्थ्यो÷हुन्थेन थाह छैन । दुःख नमान्नुहोला मुख्यमन्त्री ज्यू । हामी सबै सबै दास भयौ, दलका नेताका दास भयौ, सङ्घीयता यसरी कसरी कार्यान्वयन हुन्छ रु हामीले हाम्रो निर्णय गर्न नपाउने सबै माथिकै नेताले निर्णय गर्दिनुपर्ने हामीले मान्दिनुपर्ने ?

—यहाँ आउने सबै मन्त्रालयका सचिवहरूले यो मन्त्रीले केही जान्दैनन् भन्ने भ्रम पालेका छन् । अनि उहाँहरू भन्नुहुन्छ हामी त सङ्घका मान्छे हौ । उसो भए कर्णाली नेपालभित्र पर्दैन रु यो अर्कै देश हो रु यस्तो तरिकाले कसरी कार्यसम्पादन सफल हुन्छ । कर्णालीमा केही गरौँ भन्ने उद्देश्यले आउनुस् । काम गर्नुहोस् ।

—पहिला सबैले गलत गरे मैले मात्र ठिक गरे भन्ने कुरा गलत हो । म मुखैमा भन्छु, यदि महेन्द्रबहादुर शाही तत्कालीन मुख्यमन्त्री नभएको भए आजको रङ्गशाला बन्ने थिएन रु मैले शिलान्यास गरेँ, पटक पटक अनुगमन गरे, अहिलेसम्म कसैले पनि धन्यवाद समेत भन्दैन । निरन्तर ३४ पटक अनुगमन गरेँ । गरेका कामलाई राम्रो ग¥यो भन्न नसक्ने ?

—८ बुँदे कता हरायो रु एमाले प्रतिपक्ष हुँदा र कांग्रेस–माओवादीबिच सरकार हुँदा ८ बुँदे सहमति भएको थियो । त्यत्तिबेलाको प्रतिपक्ष दलको नेता अहिले सत्तामा हुँदा किन कार्यान्वयन भएन ?

—अहिलेका मुख्यमन्त्री र म जुँगा नभएका, राजकुमार शर्माजी लामा जुँगा भएका, मेरो बरु जुँगावालासँग ९राजकुमार० केही सहमति भएको थियो, अहिलेका जुँगा नभएका मुख्यमन्त्रीसँग त मेरो केही सहमति पनि छैन । म सरकार बन्दा यहाँ थिएन । म यहाँ आइसकेपछि सबै कुरा बुझेँ । समपूरक योजनाको विषयमा बुझ्न मैले भौतिक मन्त्रीलाई पाँच पटक फोन गरेँ । मेरो भाइ हो, धेरै माया गर्ने मान्छे हो तर उठाएन । उसले सोच्यो होला जीवन शाही त गइसकेको मान्छे हो रु कहाँ फर्केर आउँछ, रु किन उठाउने सोच्यो होला रु मैले एउटै उद्देश्यले फोन गरेको थिए, सङ्घको समपूरक योजनामा स्रोत सुनिश्चितता चाहिन्न रु त्यो हामीले यहाँबाट डीपीआर बनाएर पठाएपछि केन्द्र सरकारले ओके भनेर आयो भने हुन्छ ।

त्यो पैसा आएन भने के गर्ने रे, उसो भने सबै बजेट आएन भने के गर्ने त रु त्यसो हुँदैन काम गर भन्नलाई फोन गरेको उठाएन । अनि विजया मन्त्री ९जलस्रोत मन्त्री०लाई फोन गरेर बुझ्न भन्दा ‘दाइको फोन आएको थियो, उठाएन, उठाएपछि गाली गर्नुहुन्छ होला भन्ने सोचे रें’ म भूतप्रेत हो गाली गर्ने रु भाइ यो हैन यस्तो हो भनौँला भनेर फोन गरेको हो । त्यसपछि यहाँ आएर मुख्यमन्त्रीसँग भेटेर कुरा गरेपछि कार्यान्वयन गरिने भन्नुभयो ।

सहलगानीमा डोल्पाको रिङ्बो बस्ती र हुम्लाको एकीकृत बस्ती कार्यक्रम अहिलेसम्म कार्यान्वयन हुन सकेको छैनन् । ती आयोजना केन्द्र सरकारको समपूरक अनुदान अन्तर्गत कार्यान्वयन गरिनुपर्ने आयोजना हुन । म आज भन्दै छु, यदि यो सरकार निरन्तर हुने हो भने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको स्थिति के हुने हो रु एउटा दलको नेताको फोन नउठाउने रु के गर्छ भन्ने रु त्यो मन्त्रीलाई बर्खास्त नगर्दासम्म हामी सरकारमा बस्ने कि नबस्ने मुख्यमन्त्री ज्यू रु गम्भीर कुरा छ यहाँ, म त्यसै बोल्ने मान्छे होइन, यो वर्ष बजेट फ्रिज गए जिम्मेवारी कसले लिने हो रु मुख्यमन्त्रीलाई भन्छु, भइरहेको छ भन्न पाइन्न गत वर्ष १८ करोड फ्रिज गयो ।

—कर्मचारी सुरुवामा कमजोरी भएको छ । आफ्ना मन परेका कर्मचारीलाई राखियो तर मन नपरेकालाई दुई महिनामै सरुवा गरियो । पूर्वाग्रह तरिकाले सरुवा गरिएको छ ।

—जुँगे ९राजकुमार शर्मा मुख्यमन्त्री हुँदा० सरले गाडी दिन्छु भनेर लेख्नुभयो, न मैले गाडी लिए, मुद्दा मलाई आयो । पत्रपत्रिकामा समाचार आयो, मेरो फोटोसहित, कति हो दुख दिने रु हद हुन्छ नि रु पीडाले बोल्दै छु ।

—पहिलो सरकारले ल्याएको योजनाको अपनत्व अर्को सरकारले लिनुपर्छ । अहिले त्यसो नगरेको पाइयो । यस्तो तरिकाले सत्तामा पुग्यौँ भनेर उन्माद कसैले देखाउन हुन्न । मैले नियुक्त गरेको सचेतकले गाडी चढेर हिँड्ने तर दल नेतालाई गाडी छैन रु यो कानुन बनाएर जानुपर्छ भनेको हुँ । तर यहाँ कसैले सुनेन ।

—म केही समयअघि जनतामा जाँदा धेरैले भने—कांग्रेस सरकारमा गएर उपलब्धि केही पनि भएन, तिमी के हेरेर बसेका छौँ, कांग्रेस तिमी सरकारमा नबस भन्ने छ । अब म कांग्रेसमा नबस्ने हो कि, सरकारमा नबस्ने हो कि रु केन्द्रको दास हुने हो कि रु मुख्यमन्त्रीले पुनर्विचार गर्नुपर्छ । चेक एन्ड ब्यालेन्सको कुरा पनि छ, अब म धेरै सहनशील हुनेवाल छैन । कुनै बेला सभामुख तेरो हो, नछोड्नु भन्दा हत्तेरीका हुँदैन मिलाएर जानुपर्छ, महिला जनजातिको छोरी भनेर मिलाउन खोजेँ । तर अहिले मैले भोगिरहेको छु । के यो गरुडको छाया हो रु सभामुख महोदय तपार्इंहरुको सचिवालय रु कानुनसम्मतस् भएका कुरामा दुई महिनासम्म अड्काएर राख्नुभएको छ । हामीले कानुन जानेका बुझेका छैनौँ, तपाईँहरू जत्तिको सभामुखमय बुद्धि नभए पनि साँठ त हैन नि रु

—म अन्तिम चरणको अवस्थामा छु, ८ बुँदै केही हप्ताभित्र यो यो भयो भन्ने आएन भने पुनर्विचार गर्नुपर्ने अवस्था छ । म त कारबाही भोग्न तयार छु, हटाउला, हैन भनेपछि अख्तियारमा हाल्लान । कठै बिचरा ? मेरो प्रमुख सचेतकले यहाँबाट अख्तियारका विषयमा बोल्दा किन बोलेको । कारबाहीमा परिएला रे । कारबाही गरेर देखाए भैगो नि १ अब उपरान्त यस्तो कुरा भयो भने राम्रो हुँदैन । यी यी कुराहरू भएनन् भने सभामुख महोदय तपाईँहरूलाई थाहा छ, जीवनले बोल्दैन एक्सनमा पनि उत्रिन्छ ।

—अन्तिममा फेरि भन्छु भौतिक मन्त्रालयको सम्बन्धमा के हो रु रकम फ्रिज भयो भने, दुई दिनभित्र यसको सूचना निस्किएन भने।।।१ मैले दुई महिना अगाडि गर्दा खेरी तपाईँहरूले हेपेर गरेको कुरामा बोल्नुहोला, पवित्र गठबन्धन गर्नुहोला, हामी अपवित्र मान्छेहरू बाहिर बस्ने छौँ । धन्यवाद १





error: Content is protected !!