डोल्पाको मुड्केचुलाले आफ्नो १६ औं हिउदे अधिबेशन फेसबुक लाईभबाट प्रत्यक्षप्रशारण गर्यो

जाजरकोट ः डोल्पाको मुड्केचुला गाउँपालिकाले आफ्नो १६ औ हिउदे अधिबेशन गरेको छ । मुड्केचुलाले अधिबेशनको फेसबुक लाईभ मार्फत प्रत्यक्ष प्रशारण गरेर सम्पूर्ण पालिकाहरुलाई चुनौती तथा नयाँ कार्यको थालनि गर्दै लाईभ गर्ने पहिलो पालिका बनेको हो ।

सम्पूर्ण पालिकाबासीलाई अधिबेशनको महत्व र भावी कार्यनीतिका बारे जानकारी गराउने प्रयत्न गरेको छ । बिशेष गरेर बिधेक अधिबेशनका रुपमा लिईने हिउदे अधिबेशनले पालिकामा स्वच्छ पिउनेपानीको ब्यबस्थापन आर्थिक र प्रशासनिक सुशासन लगायत विभिन्न एैन नियामवली सहितको प्रतिवेदनमाथि छलफल गरेको छ ।

अधिबेशनमा कार्यपालिका सदश्यहरु विभिन्न शाखाका प्रमुख र सर्वसाधारणअरुको उपस्थिति रहेको छ ।





error: Content is protected !!