शनिबार उच्च तथा हिमाली भूभागमा हिउँ र पानी पर्ने पूर्वानुमान

काठमाडौं ः जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा उच्च पहाडी भू–भागमा हिउँ र पानी पर्ने पूर्वानुमान गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ जारी गरेको मौसम बुुलेटिनका अनुसार शुक्रबार राति उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसैगरी, बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरुमा हुस्सु तथा कुहिरोको सम्भावना छ।

महाशाखाका अनुसार शनिबार देशैभरका हिमाली तथा उच्च पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिउँ पर्ने सम्भावना छ।

यसैगरी, सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का पानी पर्न सक्ने सम्भावना छ।

महाशाखाले भोलि शनिबार देशैभरी बादल लाग्ने देखिएको बताएको छ। स्रोत ः गोरखापत्र





error: Content is protected !!