साविकको कर्णालीमा नियमित हवाई सेवा दिन के गर्दै छ कर्णाली सरकार ?

सुर्खेत , ९ पुस ः निजि हवाई सेवा प्रदायक संस्था तारा एअरले कर्णालीका तीन जिल्लामा हप्तामा दुई उडान भर्न सुरु गरेको दुई हप्ता बढी भयो । कर्णाली प्रदेश स्थापनापछि नेपालगन्ज स्थानान्तरण भएको कर्णालीको आन्तरिक हवाई सेवा सुर्खेतबाट दोस्रो पटक सुचारु भएपछि केही सकरात्मक आशा पलाएको छ ।

निजी प्रदायक ताराले सुर्खेत विमानस्थलबाट जुम्ला, हुम्ला र मुगुमा उडान भरेपछि नेपालगन्ज गएर पर्ने आर्थिक भारका साथै समय समेत बचन भएको छ । हिमाली टुर्स एण्ड ट्राभल्सले तारा एअरको टुइनेटर विमानमार्फत उडान सुरु ट्राभल्सका प्रवन्ध निर्देश कमिनबहादुर रावलले बताउनुभयो । हालप्रति उडान जुम्ला र मुगुमा एक लाख ७५ हजार र हुम्लामा दुई लाख ७५ हजार रुपैयाँखर्च आउने गरेको छ । यात्रु नहुँदा यो रकम कम्पनी आफैले व्यहोर्दै आएको छ । तीन जिल्लामा हुने साताको दुई उडानका लागि भाडा दरसमेत तय गरिएको छ । जसमा सुर्खेत–मुगु–सुर्खेत ६ हजार पाँच सय, सुर्खेत–जुम्ला–सुर्खेत ६ हजार पाँच सय र सुर्खेत–सिमकोट–सुर्खेत रुटमा आठ हजार भाडा दर तोकिएको छ । यो भाडा दर नेपालगन्जको भन्दा सस्तो हो । अहिले मुगु–नेपालगन्ज सात हजार पाँच सय भाडा दर रहेको रावल बताउँहुन्छ । डोल्पामा पनि निकट केही दिनमा उडान भर्ने योजना रहेको रावललको भनाई रहेको छ । मुगु ,हुम्ला र जुम्लाबाट सुर्खेत आउनेको संख्या भारी भएपनि माथि जानेको संख्य कम भएको उहाँले बताउनुभयो । प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । प्रदेश सरकारले हवाई सेवामा प्रदान गर्ने भनिएको सहुलियत कार्यविधि नबन्दा अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७९÷०८० को बजेट भाषण मार्फत कर्णाली प्रदेशमा हवाई सेवालाई भरपर्दो, सुलभ र सहज बनाउने भन्दै बजेट व्यवस्थापनको काम सुरु गरिएको थियो । बजेट व्यवस्थापन गर्ने तर सो सम्वन्धित कानुनी कार्यहरु पुरा नगर्दा वर्षेनी सो बजेट कार्यान्वनमा मुस्किल हुँदै आएको छ । पहिलो पटक आएको बजेटमा सुर्खेतलाई केन्द्र बनाई कर्णालीका अन्य जिल्लामा उडान भर्ने एयरलाइन्सहरुलाई ईन्धनमा सहुलियत दिने उद्देश्यले उक्त रकम व्यवस्थापन गरिएको थियो । अहिले पनि चालु आर्थिक वर्षमा पनि यहीँ शीर्षकमा प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको भएपनि आवश्यक कार्यविधि निर्माण नहुँदा सो कार्यान्वयन समस्य हुँदै आएको हो । एयरलायन्सहरुलाई इन्धनमा सुविधा दिने घोषणा गर्नुअघि प्रदेश सरकारले कर्णालीका ज्येष्ठ नागरिकहरुका लागि विमान टिकटमा एक हजार रुपैयाँ सहुलियत दिदै आएको थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कार्यविधि निर्माण नभएको बताउनुभयो । तर कसरी साविकका कर्णालीका लागि आफूले कसरी उडानलाई निरन्तर बनाउन सकिन्छ भनेर मेहनत गरिरहेको मन्त्री अधिकारीले जानकारी दिनुभयो । म काम गर्ने मान्छे हो , त्यसैले म त्यो कामलाई निरन्तरता दिन्छु , यत्ति बुझनुहोस । प्रदेश राजधानी भए सँगै सुर्खेत राजनीतिक, प्रशासनिक, आर्थिक तथा शैक्षिक हब बनेको वीरेन्द्रनगर दशवटै जिल्लाका नागरिकको रोजाइ बन्दै गएको छ । कर्णालीको आन्तरिक आकाशमा न सरकारले आफ्ना जहाज उडाउने प्रयास गरेको छ, न त निजी सेवा प्रदायक कम्पनीलाई नै जहाज उडाउन प्रोत्साहन गरेको छ । सञ्चालन खर्चका कारण सरकारी स्वामित्वको वायुसेवा निगम नै कर्णालीमा आन्तरिक उडान भर्न नसकिने जवाफ दिँदै आएको छ ।

कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडामा निर्माण गरिएको सुनथराली विमानस्थल जहाजको पर्खाइमा छ । वि.सं. २०४२ सालबाट निर्माण थालिएको विमानस्थल ३९ वर्षमा पुरा भएको यो विमानस्थल परीक्षण उडानमा मै सिमित भएको छ । विमानस्थल निर्माण थालिएको झण्डै चार दशकमात्रै बितेको छैन यस अवधिमा विमान स्थल निर्माणका क्रममा ३५ जना मजदुरले ज्यान पनि गुमाएका छन् ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री रहेका जीवनबहादुर शाही संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हुदाँ २९ माघ २०७३ मा पहिलो पटक यो विमानस्थलमा परीक्षण उडान सफल भएको थियो । त्यसयता १४ फागुन २०८० मा पूर्व उपप्रधानतथा रक्षामन्त्री पुर्णबहादुर खड्का, पूर्व संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री सुदन किराती, कर्णालीकापूर्व मुख्यमन्त्री राजकुमार शर्मा, पूर्व मुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीसहितको टोलीले नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा जहाज अवतरण गरेर विमानस्थलको उद्घाटन गरेका थिए ।

विमानस्थलको उद्घाटन गर्दै पूर्व उपप्रधान तथा रक्षामन्त्री पुर्णबहाददुर खड्काले लामो समयपछि निकै मेहनत र कठिन परिस्थितीका बाबजुद विमानस्थलको उद्घाटन भएको बताएका थिए । यात्रुको माग हेरेर हप्ताको एकपटक उडान भर्ने प्रतिवद्धता समेत उनको थियो । त्यसयता यस तर्फ भने कसैको चासो नजाँदा अहिले कोटबाडा विमानस्थल परीक्षण उडानमै सीमितभएको छ ।

रुकुमपश्चिमको चौरजहारी विमानस्थल पाँच वर्षदेखि बन्द छ । विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुमपश्चिम लगायत यस क्षेत्रका नागरिक हवाई सेवा लिनबाट वञ्चित छन् । २०७५ देखि बन्द विमानस्थल सञ्चालन हुन नसक्दा नागरिक मर्कामा पर्दै आएका छन् । पहिले सातामा दुई दिन नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले सेवा दिने गरे पनि अहिले सो सेवा बन्द छ । पाँच करोड ५९ लाख ४९ हजार रुपैयाँ लागतमा २०७२ सालमा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो ।विमान स्थलमा जहाज नआउने भएपछि अहिले यो विमानस्थल घाँसे मैदान जस्तो बनेको छ ।

निर्माण कार्य सम्पन्न भइ सक्दा पनि मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । २०६८ मा निर्माण गरिएको विमानस्थलको २०७२ मा कालोपत्रे गरिएको थियो । पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ । तर अहिलेसम्म परीक्षण उडान समेत गरिएको छैन । त्रिपुरासुन्दरी नगरपालिमा २०६६ सालदेखि विमानस्थलको निर्माण सुरु गरिएको थियो । २०६८ मा निर्माण सम्पन्न भई २०७२ मा कालोपत्रे गरिएको हो । डोल्पामा हवाई यातायातको लागि जुफाल विमान स्थलपछिको अर्को विकल्पको रूपमा रहेको मसिनेचौर विमानस्थल निर्माण गरिएको हो । समयमै निर्माण गरिए पनि सञ्चालनमा भने बेवास्ता गरिएको छ ।





error: Content is protected !!