५ महिनामा १० अर्ब ३५ करोडको स्मार्टफोन भित्रियो

काठमाडौँ ः यो वर्षको साउनदेखि मंसिर मसान्तसम्म रु १० अर्ब ३५ करोड ६१ लाख बराबरको स्मार्टफोन आयात भएको छ।

यसैगरी मंसिर मसान्तसम्म सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ। यो पाँच महिनामा रु ४२ अर्ब १७ करोड २८ लाख ६२ हजार बराबरको डिजेल, रु २६ अर्ब ४५ करोड ४३ लाख बराबरको पेट्रोल र रु २४ अर्ब २२ करोड ९१ लाख बराबरको एलपी ग्यास आयात भएको छ।

त्यसैगरी रु २० अर्ब ९६ करोड बराबरको फलामजन्य वस्तु नेपाल भित्रिएको छ।

चालू आवको पाँच महिनामा रु ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको वस्तु आयात भएको छ।

भन्सार विभागद्वारा आज सार्वजनिक चालू आर्थिक वर्षको मंसिर मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकमा उक्त जानकारी दिइएको छ।

यसैगरी पाँच महिनामा ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको छ। सबैभन्दा बढी निर्यात भएका वस्तुमा भटमास तेल, कार्पेट, अलैँची, सूर्यमुखी तेल, चियालगायत छन्। स्रोत ः थाहाखबर





error: Content is protected !!