साई स्वागत सहकारी ठगी प्रकरणमा अध्यक्ष भरतमणि जंगम पक्राउ
काठमाडौँ ः साई स्वागत सहकारीका अध्यक्ष भरतमणि जंगम पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक ९एसपी० एवम् प्रवक्ता नवराज अधिकारीका अनुसार जंगमलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको अधिकारीले बताए । यो सहकारीमा रास्वपा सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलसमेत पहिले उपाध्यक्ष थिइन् ।