कर्णालीले चितवनलाई दियो १७६ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ ः नेपाल प्रिमियर लिग (एनपिएल) को एनिमिनेटर खेलमा जितका लागि कर्णाली याक्सले चितवन राइनोज लाई एक सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७५ रन बनायो ।

कर्णालीका लागि ओपनर जयकिशन कोल्छावाला र विलियम बसिस्टोले अर्धशतकीय इनिङ्स खेल्नुभयो । कोल्छावालाले ५३ र बोसिस्टोले ५२ रन बनाउनुभयो । यस्तै चादविक वाल्टनले अविजित ४६ र जिसन मक्सुदले १४ रन बनाउनुभयो ।

बलिङमा चितवनका सोहिल तन्विरले दुई विकेट लिनुभयो । सरद भेषवाकार, रवि बोपरा र कप्तान कुशल मल्लले एक एक विकेट लिनुभयो । स्रोत ः गोरखापत्र





error: Content is protected !!