सुडान आक्रमणमा परी ४५ को मृत्यु, २८ घाइते

पश्चिमी सुडानको आवासीय भवन र विस्थापन शिविरहरूमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा भएको आक्रमणमा कम्तीमा ४५ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य २८ जना घाइते भएको सुडानी सेनाले जनाएको छ।

विद्रोही मिलिशियाले एल फशरको दक्षिणी क्षेत्र, शहरको दक्षिणमा जम्जाम विस्थापन शिविर र उत्तरमा अबु शौक शिविरमा रहेको आवासीय क्षेत्रलाई निशाना बनाएको थियो। आरएसएफले आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी जारी गरेको छैन।

मे १० देखि, पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फशरमा एसएएफ र आरएसएफबीच भीषण झडप भएको छ। मध्य अप्रिल २०२३ देखि सुडान द्वन्द्वले ग्रसित छ। यस घातक द्वन्द्वको परिणामस्वरूप २७ हजार भन्दा बढीको मृत्यु भएको छ भने सुडानभित्र वा बाहिर १ करोड ४० लाख मानिस विस्थापित भएका छन्। स्रोत ः थाहाखबर





error: Content is protected !!