सडकमा काम गर्ने दुई मजदुरको सवारी दुर्घटनामा मृत्यु

सुर्खेत , २० मंसिर ः जाजरकोट भेरी नगरपालिका १० नुवागाँउ स्थित मध्य पहाडी लोकमार्गमा कार्कीगाँउ बाट कुदु तर्फ आउदै गरेको प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार विहान जाजरकोट अस्पतालले दुई जनालाई मृत्य घोषणा गरेको प्रहरी नायव निरीक्षक दल बहादुर बिष्टले जानकारी दिनुभयो । कैलाली घर भई हाल भेरी -७ मध्यपहाडी लोकमार्गमा काम गर्ने बर्ष २५ को मनोज के.सी. जुम्ला घर भई हाल भेरी नगरपालिका ७ मध्य पहाडी लोकमार्गमा काम गर्ने २३ वर्षीया मजदुर मिथुन हमालको मृत्यु भएको विष्टले जानकारी दिनुभयो ।

दाङ घोराही उपमहानगरपालिका ८ घर भई हाल भेरी नगरपालिका ७ स्याउली बजारमा मध्यपहाडि लोकमार्गमा काम गर्ने २३ वर्षीय कमल चौधरी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।





error: Content is protected !!