जाजरकोटमा जीप दुर्घटना हुदा दूई जनाको मृत्यू एक जना घाईते एक बेपत्ता

मोहनजंग शाही
जाजरकोट ः मध्यपहाडी राजमार्ग अन्र्तगत भेरी नगरपालिका ९ नुवागाउ नजिकै सिंह एण्ड ब्रदर्स प्रा.लि को बोलेरो जीप भिरबाट खसेको हो । जीपमा सवार चार जना मध्य दूई जनाको घटनास्थलमै मृत्यू भैसकेको र एक जना घाइतेलाई जिल्ला अस्पताल जाजरकोटमा उपचारकालागि लिईएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपि पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए ।

डिएसपि पाण्डेकाअनुशार गाडिमा सवार थप एक जना बेपत्ताको खोजि कार्य तीब्र भैरहेको छ । उक्त बोलेरो जिप भीरबाट अन्दाजी ३०० मिटर तल खसेको बताए ।





error: Content is protected !!