सुनको मूल्य तोलामा १२ सय घट्यो

काठमाडौं ः आज सुनको मूल्य प्रतितोला रू एक हजार दुई सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रू एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू एक लाख ४९ हजार तीन सय कायम भएको छ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला रू २५ ले घटेर रू एक हजार आठ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!