एमाले र माओवादी केन्द्रका उम्मेदवार १-१ गाउँपालिका अध्यक्षमा विजयी

काठमाडौँ ः आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा एमाले र माओवादी केन्द्रका १/१ उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १२७ मतका साथ विजयी भएका छन् ।
यसैगरी मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् ।
माझी ६ हजार ९६९ मतका साथ विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी स्वामीकात्तिक गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचना कुमारी भण्डारी र जाजरकोटको नलगाड गाउँपालिकाको उपमेयरमा माओवादीकी देवका लामिछाने निर्वाचित भएकी छन् । स्रोत ः रातोपाटी










