नलगाडमा उपप्रमुखमा माओवादीकी देवका विजयी

जाजरकोट ः १७ मंसिर ः जाजरकोट नलगाड नगरपालिकामा मंसिर १६ गते भएको उपप्रमुखको उपनिर्वाचनको नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी हुनुभएको छ । यहाँले ४ हजार २७२ भोट ल्याएर विजयी हुनुभएको हो । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार इन्द्रा चन्द सिंहले ३ हजार १४७ , नेकपा एमालेका उम्मेदार सुनिता बोहराले २ हजार ५४२ ल्याएर तेस्रो स्थानमा रहनुभयो । रास्वपाकी उम्मेदवार पार्वती पुनले १७९ भोट , राप्रपाकी उम्मेदवार सुनिता पुन रावलले ५८ , नेपाल समाजवादी पार्टीकी उम्मेदवार पवित्रा जैसीले १७ भोट ल्याएको सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले जानकारी दिनुभयो । १६ हजार ४४९ रहेकोमा १० हजार ६०६ मात्र भोट खसेको थियो छ ।









