नलगाडमा सात वटा वडाको मत गणना गर्दा झण्डै हजार भोटले माओवादी अगाडी

जाजरकोट , १७ मंसिर ः जाजरकोट नलगाड नगरपालिकामा मंसिर १६ गते भएको उपप्रमुखको उपनिर्वाचनको मत गणना जारी रहेको छ । हाल सम्मा १,२,३,४,५,६ र ७ नम्बर वडाहरुको मत गणना सम्पन्न भएको छ ।

अब ८, ९,१०,११,१२ र १३ नम्बर वडाको मात्र मत गणना हुन बाँकी रहेको छ । हाल सम्मा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रा चन्द सिंहले १ हजार ७५३ , नेकपा एमालेका उम्मेदार सुनिता बोहराले १ हजार ४०३ र नेकपा ( माओवादी केन्द्र) की उम्मेदवार देवका लामिछानेले २ हजार ७२१ भोट ल्याउनु भएको छ । रास्वपाकी उम्मेदवार पार्वती पुनले १२९ भोट , राप्रपाकी उम्मेदवार सुनिता पुन रावलले ४१ , नेपाल समाजवादी पार्टीकी उम्मेदवार पवित्रा जैसीले १३ भोट ल्याउनुभएको छ ।

१४ वटा केन्द्रको मत गणना भइसकेको सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले जानकारी दिनुभयो । १६ हजार ४४९ रहेकोमा १० हजार ६०६ मात्र भोट खसेको थियो । अब भोट गणना हुन बाँकी ६ वटा वडाको मात्र रहेको छ ।





error: Content is protected !!