नेपालले जित्यो मिसेस हेरिटेजको ताज

काठमाडौँ ः नेपालकी विभा बस्नेतले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को ताज पहिरन सफल भएकी छन् । थाईल्याण्डको राजधानी बैंककमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘हेरिटेज प्याजेन्ट’मा उनले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को शीर्ष उपाधि जितेकी हुन् ।

मिस तर्फको शीर्ष उपाधि भने पेरुकी फेयरस ओर रुम्बो एलले हात पारिन् । दुवै शीर्ष विजेताले पर्सनालिटी विद्याको अवार्ड समेत हात पार्न सफल रहे ।

सौन्दर्य प्रतियोगिता मार्फत मौलिक कलासंस्कृति, जातियता, आफ्नोपनको संरक्षण, प्रवर्द्धन गर्ने हेतुले आयोजना हुँदै आएको प्रतियोगिताको सातौँ संस्करण हो ।

ईप्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजना रहेको प्रतियोगिताको संयोजन र व्यवस्थापन सिंगापुरका सुसन कोहले सह–समन्वय दुर्गा बिशुरालद्वारा गरिएको थियो । स्टेज प्रस्तुतिकरण र कोरियोग्राफी नेपाल फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज एवं डान्स कोरियोग्राफर वेस्ली शले संयुक्त रूपमा सम्लाहेको आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए ।

‘हेरिटेज प्याजेन्टस् २०२४’मा यो पटक नेपाल, भारत, थाईल्याण्ड, बेलायत, नाइजेरिया, भियतनाम, फिलिपिन्स, पेरु, सिंगापुर, म्यानमार, न्युजिल्याण्ड, मेक्सिको, इन्डोनेसिया, लाट्भिया, सर्विया, केन्या तथा मलेशियाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।





error: Content is protected !!