दुर्गा प्रसाईंलाई थप अनुसन्धान गर्न सिआइबीबाट साइबर ब्‍यूरो लगियो

काठमाडौँ ः प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरोमा पठाइएको छ।

मंगलबार बिहान भक्तपुरस्थित निवासबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सिआइबी)को टोलीले पक्राउ गरेका उनलाई थप अनुसन्धानका लागि साइबर ब्यूरोमा पठाइएको सिआइबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

त्यसअघि उनलाई वीर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो। उनीमाथि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीविरुद्ध सामाजिक सञ्जालबाट भ्रामक प्रचार गरेको आरोप छ। प्रसाईंले कीर्ते कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका जिकिर गरिएको छ।

उनले कम्बोडियामा प्रधानमन्त्री ओलीको लगानी रहेको भन्दै भ्रामक सूचना प्रचार गरेको सिआइबीले दावी गरेको छ। स्रोत ः थाहाखबर





error: Content is protected !!