मन्त्रिपरिषद् बैठक स्थगित, कांग्रेस–एमालेका शीर्ष नेता छलफलमा

काठमाडौँ ः मंगलबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बैठक किन स्थगित भयो भन्ने खुलाइएको छैन ।

यद्यपि मन्त्रिपरिषद् बैठक स्थगित गरेर अहिले बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

कांग्रेस–एमालेका शीर्ष नेताहरूबिच उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण लगायत विषयमा छलफल भएको हुनसक्ने बुझिएको छ ।

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकारलगायत सहभागी छन् ।





error: Content is protected !!