कान उपचार शिविरबाट त्रिवेणीका ३ सय ४४ लाभान्वित

सल्यान ः त्रिवेणी गाउँपालिकाले दुई दिनसम्म संचालन गरेको कान शिविरबाट ३ सय ४४ जना लाभान्वित भएका छन । कान कम सुन्ने तथा अन्य समस्या भएकाहरुको संख्या बढ्दै गएपछि समस्या भएकाले गाउँघरबाटै सेवा पाउन भनी काभ्रा र लुहाममा संचालन गरेको शिविरबाट ३ सय ४४ लाभान्वित भएका हुन् ।

ब्रिनोज कान सामुदायिक सेवा नेपालगन्जको प्राविधिक सहयोगमा पालिकाले काभ्रा र लुहाममा बिहीबार र शुक्रबार दुई दिन शिविर संचालन गरेको थियो ।

जिल्लामा कान सम्बन्धी समस्या भएकाहरुको उपचार नहुने भएकाले सबैजसो जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । गाउँपालिकाले शिविरको आयोजना गरेपछि न्यून आय भएका परिवारका लागि लाभ मिलेको छ ।

काभ्रामा १ सय ५५ र लुहाममा १ सय ८९ जनाले सेवा लिएका थिए भने लुहाममा १ सय ७२ पुरुष र १ सय ७२ महिला लाभान्वित भएका थिए । स्रोत ः कान्तिपुर




सम्बन्धित समाचार


error: Content is protected !!