काठमाडौँ महानगरले दियो महिला फुटबल टिमलाई २५ लाख पुरस्कार

काठमाडौँ ः काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई २५ लाख पुरस्कार दिएको छ ।

महानगरका मेयर बालेन शाहले बुधबार रातीनै खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।

बुधबार सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २(१ गोल अन्तरले पराजित भएको थियो ।





error: Content is protected !!