पहिलो हाफमा नेपाल र बंगलादेशले खेले गोलरहित बराबरी
काठमाडौँ ः साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि जारी भिडन्तको पहिलो हाफमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुबै देशले पहिलो हाफमा कुनै पनि गोल गर्न नसकेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै पक्षबाट केही गोलको प्रयास भएपनि बलले गोलको दिशा लिन सकेन ।
११ हजार नेपाली दर्शकको हौसलाका साथ मैदानमा उत्रिएको नेपाली टोली आज बंगलादेशलाई हराउँदै इतिहास रच्ने दाउमा छ ।
च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्रीसहितका उच्च पदस्थ अधिकारी समेत दशरथ रंगशालामा पुगेका छन् ।