साफ महिला च्याम्पियनसिप फाइनल नेपाल र बंगलादेशको खेल ः अग्रपंक्तिमा स्ट्राइकर सावित्रा भण्डारी मात्र

काठमाडौँ ः साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल सुरु भएको छ । बंगलादेशविरुद्ध खेल्ने टोलीमा एक परिवर्तन भएको छ । रेखा पौडेलको स्थानमा सरु लिम्बुलाई मौका दिइएको छ । यसअघि भारतविरुद्धको सेमिफाइनलमा रेखालाई रातो कार्ड दिइएका कारण उहाँले खेल्न नपाउनुभएको हो।

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपाली खेलाडीमा पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बु, सावित्रा भण्डारी, गिता राना, प्रिती राई, सविता राना मगर र अभिष कार्की हुनुहुन्छ । अतिरिक्त खेलाडीमा उषा नाथ, समीक्षा घिमिरे, रश्मी कुमारी घिसिङ, अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, अञ्जना रना मगर, निशा थोकर र रजनी थोकर हुनुहुन्छ । प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत मैदानमा पुगेर फुटबल हेर्दै हुनुहुन्छ । उहाँको साथमा उपप्रधानमन्त्री प्रकाशमान सिंहसँगै मैदानमा पुगेर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित विशिष्ठ व्यक्तित्व मैदानमा पुगेर शुभकामना दिनुभएको हो ।

सुरुवातमा बङ्गलादेश आक्रामक देखिएको छ। दोस्रो मिनेटमै कप्तान सविना खातुनको प्रहार पोलमा लागेर फर्किएको छ। नेपालले आज अग्रपंक्तिमा एउटा स्ट्राइकर सावित्रा भण्डारी ९साम्बा० मात्र राखेर खेलेको छ।





error: Content is protected !!