कार्य सम्पादनमा सुर्खेत कर्णालीकै पहिलो

मोहन जंग शाही
सुर्खेत , ३ कात्तिक ः आर्थिक वर्ष २००/१ मा सबै भन्दा राम्रो कार्य सम्पादन गरेको भन्दै स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले स्वास्थ्य सेवा कार्यालय सुर्खेतलाई प्रथम भएको बताएको छ । त्यस्तै स्वास्थ्य सेवा हुम्ला , डोल्पा दोस्रो भएका छन् ।

त्यस्तै स्वास्थ्य सेवा कार्यालय जुम्ला तेस्रो स्थान हासिल गरेको छ । बिभिन्न सूचकका आधारमा मुल्यांकन गर्दा निर्देशनालयले १० जिल्लाका स्वास्थ्य सेवा कार्यालयको रिर्पोटका आधारमा नतिजा प्रकाशन गरेको हो । यस्तै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सबै स्वास्थ्यकर्मीलाई दैनिक रुपमा स्वास्थ्यसम्वन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्न निर्देशन दिए ।

मन्त्री भण्डारीले विशेषज्ञ चिकित्सकहरुलाई नेता बन्ने हठ त्याग्न निर्देशन दिए । उनले भने , ‘विशेषज्ञ डाक्टरको काम उच्च स्तरीय स्वास्थ्यसेवा प्रवाह गर्नु हो ।’ चेतावनीयुक्त भाषामा सम्वोधन गर्दै उनले भने , ‘नेता बन्ने हठ त्यागेकै राम्रो हो । यसमा ख्याल गर्नुहोला ।’ पोषण अभियानमा कुरिलो र मोरिंगाको खेतीमा नागरिकलाई जोड्नुपर्ने बताउँदै उनले त्यसका लागि साझेदार निकायले सहयोग गरी अभियानका रूपमा लिनु उपयुक्त हुने बताए ।

मन्त्री भण्डारीले मानसिक स्वास्थ्य समस्यालाई समाधान गर्न अभियानका रूपमा सकारात्मक सोच वृद्धिका लागि काम गर्न स्वास्थ्यकर्मीलाई अनुरोध गरे । जनशक्ति व्यवस्थापनका लागि कर्णाली मोडेलको ओएनएम गर्ने दाबी गर्दै स्वास्थ्य र जनस्वास्थ्य लाई छुट्टाछुट्टै गरी कार्यसम्पादनमा सहज बनाउनुपर्ने बताए । पालिकास्तरमा आधारभूत आयुर्वेद सेवालाई प्रभावकारी बनाउन आग्रह गर्दै परम्परागत वैद्यहरुले दिने सेवा प्रभावकारी भइरहेको अवस्थालाई ध्यानमा राखी आफ्नो सेवालाई गुणस्तरिय बनाउन उनले सुझाव समेत दिए ।





error: Content is protected !!