जुनिचाँदे गाउँपालिकाले हटायो ७६ जना करार कर्मचारी

जाजरकोट , ३ कात्तिक ः जाजरकोटको जुनिचाँदे गाउँपालिकाले एकै पटक ७६ जना करारका कर्मचारी हटाएको छ ।

पालिकाको आर्थिक हैसियताले कर्मचारीलाई तलब , भत्ता खुवाउन नसक्ने भन्दै कर्मचारी हटाउन लागेको प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर परियारले जानकारी दिनुभयो । कार्यालय सहयोगी , स्वास्थ्यकर्मी , टेलिकम टावर हेरालो लगायतका पदमा राखिएका ७६ जनालाई हटाएको उहाँले जानकारी दिनुभयो ।

न्यून आम्दानी भएको जुनिचाँदे गाउँपालिकामा विकास बजेट नै कर्मचारीलाई तलब ,भत्तामा जाने भएपछि बाध्य भएर हटाउनु परेको अधिकृत परियारले बताउनुभयो ।

गाउँपालिकाको १२ औँ गाउँसभाबाट स्वीकृत दरबन्दी भन्दा बढी भएका कर्मचारीहरु हटाएको उहाँले जानकारी दिनुभयो ।

 




सम्बन्धित समाचार


error: Content is protected !!