मरुवा रोगले सिम्ताको धानबालीमा वर्षेनी समस्या

सुर्खेत , २ कात्तिक ः सिम्ता गाउँपालिका भित्र लगाएको धान बालीमा मरुवा रोग लाग्दा उत्पादनमा गिरावट आउने भएको छ । पाक्नै लागेको धानबालीमा रोग लागेपछि समस्या भएको कृषकले बताएका छन् । बाली भित्र्याउने समयमा रोगबाट संक्रमित हुदा किसानहरुले आम्दानी ह्वात्तै घटने सम्भावना रहेको यज्ञ रोकायले बताउनुभयो ।

गाउँपालिकाको सबै भन्दा बढी धान उत्पादन हुने वडा नम्वर ५ , ९,८ , नम्वरमा मा समस्या देखिएको एकीकृत कृषि प्रयोगशालाका प्रमुख चित्रबहादुर रोकायले जानकारी दिनुभयो । रोयकाले भन्नुभयो , ‘ यो मरुवा रोग हो । पात सुक्ने , वाला चुडिएर जाने , गेडा नै नलाग्ने समस्या हुने गर्छ । ९० प्रतिशत बालीमा क्षती पुगन सक्ने सम्भावना हुने गर्छ । सिम्तामा चाँही ५० प्रतिशत धानबालीमा क्षती पुग्ने मैले देखेको छु । ’ अघिल्लो वर्ष समेत मरुवा रोगले यहाँको धानबालीमा समस्या बनाएको पाइएपनि किसानहरुले खवर नगरेको उहाँले जानकारी दिनुभयो । सिम्ताको सबै भन्दा बढी धान उत्पादन हुने ठाउँमा मरुवाको आक्रमण हुँदा किसानहरु भारी मात्रामा पीडित भएको उहाँले थप्नुभयो । बिउँबाटै यो रोगको संक्रमण हुने उहाँले जानकारी दिनुभयो ।

धानको जात बदल्ने , कम्पोष्ट मलको प्रयोग गर्ने र माटो जाँच गराएर उपयूक्त खालको जात सिफारिस गरिएमा मरुवाबाट छुटकारा पाउन सकिने गर्दछ । सुर्खेतमा मरुवासँगै फडकेकिराको प्रकोप पनि देखिएको उहाँले जानकारी दिनुभयो । किसानहरुलाई लक्षित गरेर यो चालु आवमा ६ वटा माटो शिविर , ६ वटा बालि विकास शिविर गर्न लागिएको छ ।

केही सचेनामुलक कार्यक्रमहरु समेत रहेको कार्यालयले जानकारी दिएको छ । प्रयोगशालामा रहेका उपकरणमा केही समस्य देखिएका कारण काम गर्न मुस्किल भइरहेको प्राविद्यिकहरुको भनाई रहेको छ । १० जिल्लाको काम हुने गरि स्थापना भएको प्रयोगशालाको कामलाई प्रभावकारी बनाउन सके यहाँका किसानहरुले लाभ लिन सक्ने देखिन्छ ।





error: Content is protected !!