जुनिचाँदे गाउँपालिकाको योजना ः सर्वोउत्कष्ट शिक्षक ,प्रअ , विद्यालयलाई सम्मान

सुर्खेत / जाजरकोटको जुनिचाँदे गाउँपालिकाले वर्ष भरी राम्रो काम गरी राम्रो नतिजा ल्याउने विद्यालयलाई सम्मान तथा पुरस्कृत गर्ने योजना ल्याएको छ ।
पालिका भित्र रहेका सबै भन्दा राम्रो काम गरि शैक्षिक त्रियाकलाप भारी मात्रामा उत्कृष्ट गर्ने प्रधानाध्यापक र शिक्षकलाई समेत पुरस्कार र सम्मान गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर परियारले जानकारी दिनुभयो । यस्ता खालका योजनाले शिक्षण सिकाई क्रियाकलाप भारी मात्रामा सुधार हुने अपेक्षा पालिकाले लिएको अधिकृत परियारले बताउनुभयो ।
त्यस्तै पालिकाले आधारभुत तह उतिर्ण गर्दा सर्वोउत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान र पुरस्कृत गर्ने योजना समेत रहेको छ । माध्यमिक शिक्षा परीक्षामा सर्वोउत्कृष्ट अंक , कक्षा १२ को परीक्षा परीक्षामा सबै भन्दा बढी अंक ल्याउने विद्यार्थीलाई समेत पुरस्कृत तथा सम्मान गर्ने गाउँपालिकाले बजेटमा व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।
पालिकाले तोकिएको सूचकका आधारमा शैक्षिक सुधार गर्न नसक्ने विद्यालयलाई अनुदान कटौती गर्ने समेत गाउँपालिकाको योजना रहेको छ । गाउँ शिक्षा योजना निर्माण गरेर शैक्षिक योजना अगाडी बढाउन लागिएको अधिकृत परियारले बताउनुभयो । सामुदायिक विद्यालय अध्ययरत छात्र , तथा छात्राहरुलाई विद्यालयमै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने गाउँपालिकाले जनाएको छ ।










